pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

सहकारीबाटै गरिवी निवारण सम्भव : डा. कँडेल

 

सहकारीको समुन्नत बिकास गर्न सके देशको गरिवी निवारणमा महत्वपूर्ण योगदान रहने रास्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले बताएका छन् । सरकारले देश बिकासको निम्ति लागू गरेको तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारी भएको र सहकारी नै ग्रामीण भेगमा बढी केन्द्रित हुने हँुदा यसबाट गरिवी निवारण सम्भव हुने उनको भनाइ छ ।

           बिहीबार थाहा नगरपालिकाको थानाबजारमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ साधारणसभाको उद्दघाटन सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कँडेलले उक्त भनाइ राखे । सभामा सम्बोधन गर्दै उपाध्यक्ष कँडेलले काठमाडौंबाट यति नजिक भएर पनि यस क्षेत्रको बिकास सोचेअनुरुप हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले सीमित श्रोत र साधन परिचालन गरेर मात्र परियोजनाहरु शुरु गर्न स्थानीय तह लाई आग्रह गरे । डा. कँडेलले अब आउने १५औं पञ्च बर्षीय योजनामा त्रिभुवन राजपथ मर्मत, चित्लाङ सुरुङ्ग मार्ग र टिस्टुङ जडिबुटी उद्दानलाई ब्यबस्थित गर्न राष्ट्रिय योजनामा सामेल गर्न आफुले पहल गर्ने बताउदै दिगो बिकास लक्ष प्राप्तिको लागि सहकारीको अहम् भुमिका हुने बताए । उनले बहुउद्देश्यीय सहकारी सस्थाहरुले बचत र ऋणको मात्र कारोबार नगरी आफ्नो कार्य क्षेत्रको दायरा पनि फैलाउँदै लैजानु पर्ने बताए । काठमाडौ बाहिर रहेका सहकारीहरुले निम्न आय स्रोत भएकाहरुको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै वित्तीय कारोबारमा पारदर्शिताको खाँचो रहेको औल्याए । १५आंै आवधिक योजनामा आयोगले स्थानीय तहसम्मै सहकार्य गरी योजना बनाउने उनको भनाइ थियो ।

            साधारणसभाको उद्घाटन सभामा शुभकामना मन्तव्य दिँदै बिशिष्ट अतिथि तथा थाहा नगरपालिकाका प्रमुख लबशेर बिस्टले सहकारी अब उत्पादन, समृद्धि र रोजगारीमा जोडिनुपर्नेमा जोड दिए । बिष्टले सहकारीहरुले महिलाहरुलाई सीप, तालिम दिए पनि उक्त सीपबाट उत्पादित बस्तुको लागि बजार दिन नसकेको भन्दै उत्पादित बस्तुको लागि बजार सम्म पु¥याउने ब्यबस्था सहकारीले गर्नु पर्ने बताए । उनले सोका लागि नगरपालिका सहकारीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

                 त्यस्तै, शुभकामना दिँदै पत्रकार महासंघ ३ नं. प्रदेश अध्यक्ष प्रताप बिस्टले सहकारीहरु रचनात्मक हुनुपर्नेमा जोड दिँदै अब सहकारीहरुले आफ्नो दिशा परिवर्तन गर्नुपर्नेमा जोड दिए । मन्तव्यकै क्रममा संस्थाका लेखा समिति संयोजक उमेशप्रसाद ढकालले थाहामा भएका सहकारीहरुसँग मर्ज गरेर अघि बढ्न पालुङ बहुउद्धेश्यीय सहकारी संस्था तयार रहेको बताउदै बित्तीय लेखा मापन गर्ने देशकै पहिलो सहकारी पालुङ बहुउद्देश्यीय रहेको बताए । उद्घाटन समारोहमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लेखा समिति संयोजक महेश्वर सुवेदी, श्री गौतम सहकारीका अध्यक्ष उर्मिला भट्ट, थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष सानोभाइ कार्कीले स्वागत गरेको कार्यक्रममा संचालक समितिको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष बिमलकुमार ढकालले सस्थालाई यस अबस्थासम्म ल्याउन सदस्यहरुको ठूलो भूमिका रहेको उल्लेख गरे । उनले जिल्लाको उत्तरी भेगमा रहेको सहकारीहरुबीच आपसी सम्बन्ध बिकास गरी अन्तर सहकारी सञ्जाललाई प्रभाबकारी बनाउने र यसमा समन्वयको भूमिका खेल्ने बताए ।

          हाल सात हजार ५ सय १३ सदस्य रहेको सँस्थाको आर्थिक वर्षमा ०७३÷०७४ मा ४८ करोड ५ लाख ९ हजार ४ सय रुपैया शेयरपूँजि रहेकोमा यस आर्थिक वर्षमा मा ३८ प्रतिशेतले वृद्धि भएको बताए । उनले हाल शेर पूँजी ६७ करोड ९० लाख ५ हजर २ सय पुगेको उल्लेख गर्दै आगामी वर्ष ५ दशमलव ५६ प्रतिशतले वृद्धि गरी करिब ७१ करोड पु¥याउने लक्ष्य रहेको बताए । त्यसैगरी संस्थाले कर्जाबाट प्राप्त हुने ब्याज २६ प्रतिशतले वृद्धि गरी ८ करोड ३४ लाख २३ हजार ५ सय ७३ पु¥याएको छ भने गैह्रब्याज १२ प्रतिशतले वृद्धि भई ५० लाख ९९ हजार ५ सय ११ पुगेको जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg