pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सभापति उमेदवार लामिछाने द्वारा भेटघाट तीब्र ।

1645497167679-1645497183.jpg

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका नेता जयराम लामिछानेले नगरस्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

सोमबार हेटौंडामा लामिछानेले प्रतिनिधिहरुसँग परिचयात्मक भेटघाट गर्दै कार्यक्रमको सुरुवात गरेका छन् ।

पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको धेरै कांग्रेसीहरुबाट अपरिचित भएको महसुस गर्दै लामिछानेले सो कार्यक्रमको आयोजना गर्दै आफ्नो परिचय र राजनीतिक पृष्ठभुमि बारे प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।

आफूले काम गरेको तर प्रचार नगरेको भएर धेरै आफूलाई नचिनेको हुन सक्ने उनको भनाइ छ । उनले भने पार्टी एउटा बस हो, सदस्यहरु यात्री र चुनाव भनेको त्यो बसमा भएको यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्‍याउन चालक छ्नौट गर्ने विधि हो । जिते यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराउँछु, हारे सह-चालक भइ चालकलाई सघाउने काम गर्छु ।
आफू सभापति भए मकवानपुर कांग्रेसको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट दातृ सहयोग लेराउन पहल गर्ने अथवा पार्टीको केन्द्रसँग समन्वय गरि विविध कार्यक्रम ल्याउन र कांग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताउँछन् ।

उक्त कार्यक्रम मार्फत वर्तमान जिल्ला सचिव आनन्द कठायत र प्रवक्ता प्रदीप कोइरालाले उपसभापति, जिल्ला सदस्य भीमसेन महत र तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले सचिव, इन्दिरा न्यौपानेले सहसचिवमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै जिल्ला सदस्यको लागि तारा कुमारी राइ कार्की, पूर्ण प्रसाद पुडासैनी, यादवराज उप्रेती, नन्दलाल दास, सुशिला न्यौपाने र मनमाया नेपालीको उम्मेदवारी रहेको छ ।

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, कांग्रेस नेतृ उमा दाहाल र मकवानपुरका जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg