bipad-1691926127.jpg
Wednesday, 04 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

अपडेट

सन्चो अस्पताल काण्ड :-सत्य तथ्य छानबिनको माग गर्दै स्थानिय सडकमा

FB_IMG_1695141153086-1695141165.jpg

हेटौंडा उपमहानगरपालिका १२ का मृतक राजेश प्रधानको श्रिमती र छोरीलाई प्रहरीले सत्यतथ्य छानबिनबिना नै हिरासतमा राखेको र मृतककमा आफन्त र छिमेकीलाई धरपकड गरिरहेको घटनाको बिरोध गर्दै हेटौंडा १२, १३ र १४ नम्बर वडाका स्थानियहरु सडकमा उत्रिएका छन् । प्रहरी प्रशासनले हेटौंडाको सञ्चो अस्पतालमा चिकित्सक कुटिएको घटनाको आरोपमा पक्राऊ परेका आमाछोरीलाई उक्त अबस्था सृजना भएको कारण र बनाइएको अबस्थाको छानबिन नगरिकन थप धरपकड गरेको बिरोधमा स्थानिय सडकमा उत्रिएका हुन् ।
  उक्त घटना र पक्राऊ पछी सामाजिक संजालमा एकजनाले तत्कालिन पदमपोखरी गाबिस र त्यहाँका स्थानियप्रती गरेको तल्लो स्तरको टिकाटिप्पणीले स्थानियलाई थप आक्रोशित बनाएको मृतकका भाई रबिन प्रधानले बताउनुभयो । उहाँको अनुसार उहाँको दाजुलाई एक महिना अगाडी ज्वरो आएकाले हेटौंडा स्थीत सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न अस्पतालका चिकित्सकले एक दिनमा १९ बोतल सलाइन पानि चढाएको बताउदै थप उपचारको लागि समेत रिफर नदिएको स्मरण गर्दै भन्नुभयो “ हामीलाई अस्पतालका चिकित्सकले उहाँ सामान्य हुनुहुन्छ भन्यो, डेंगु लागिसकेको पनि भनेको थिएन तर हामीलाई हाम्रो बिरामीको उपचार राम्रो नभएको लागेर भरतपुर लगेका हौं, त्यहाँ उपचार सुरुभएपछी त्यहाँका चिकित्सकहरुले शरिरमा पानिको मात्रा धेरै भएको कारण खतरा रहेको जानकारी दिनुभयो । ” उहाँले थप्नुभयो “तबसम्म फोक्सोमा समेत पानि जमिसकेको रहेछ , शरिरमा पानि बढी भएकोले शरिरको सबै अंगबाट पानि बग्न थालेको थियो, अब भन्नुस कुनै बिरामीलाई १ दिनमा १९ बोतल स्लाइन चढाएको थाहा छ ? हामिले चिकित्सकको लापरबाहीले दाई गुमायौैं र पनि चुप नै थिएम तर एक्कासी अस्पताल प्रशासनले मृतकको परिवारलाई पैसा दिएर घटना मिलाएको हल्ला गरेपछी सहन नसकेर आबेगमा आएको थियौं । अस्पतालको प्रशासनले हामीसंग कुरा गर्न पनि चाहेन हामीसंग चिकित्सकहरु डिल गर्न आए मेरो भाउजु र छोरीलाई उनिहरुमा हत्यारा नजर आयो हात छोडे । ” उहाँको अनुसार त्यो परिस्थितीजन्य घटना थियो तर अस्पताल प्रशासनले आफ्नो गल्ती दबाउन एकोहोरो चिकित्सक कुटिएको घटना उचालिएको हो । प्रधानले उक्त घटना उठाउदा धेरै मेडिकल माफियाहरुको दुना सोझिएको र अस्पताल प्रशासन आफ्नो गल्तीबाट पञ्छिन पाउने अबसर मिलेको आरोप लगाउनुभयो । साथै उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा पदमपोखरीको नै अपमान हुने अभिब्यक्ती दिनेहरुले साम्रदायिक द्धन्द निम्त्याउन सक्ने कारण कारबाहीको दायरामा ल्याउन जरुरी रहेको समेत बताउनुभयो ।
 प्रधानको परिवारसंगै यतिबेला पदमपोखरीका स्थानियले भेलाको आयोजना गरी संघर्ष समिति नै गठन गरेको छन् । उक्त समितिले घटनाको सत्य तथ्य छानबिन गरी स्व. प्रधानको परिवारलाई यथासिघ्र रिहाको माग गर्दै शान्तिपुर्ण ¥याली समेत निकालेको छ । ¥यालीले बजार क्षेत्रको परिक्रमा गर्दैै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँ समक्ष ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा सामाजिक सञ्जालमा भौगोलिक, क्षेत्रीय, जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने अभिव्यक्ति दिनेलाई कानुन बमोजिम कार्वाहीको माग गरिएको छ । राजेश प्रधानको सपरिवारलाई निशर्त रिहा गर्न अपिल विज्ञप्तिमा गरिएको छ ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...