pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सन्चो अस्पताल काण्ड :-सत्य तथ्य छानबिनको माग गर्दै स्थानिय सडकमा

FB_IMG_1695141153086-1695141165.jpg

हेटौंडा उपमहानगरपालिका १२ का मृतक राजेश प्रधानको श्रिमती र छोरीलाई प्रहरीले सत्यतथ्य छानबिनबिना नै हिरासतमा राखेको र मृतककमा आफन्त र छिमेकीलाई धरपकड गरिरहेको घटनाको बिरोध गर्दै हेटौंडा १२, १३ र १४ नम्बर वडाका स्थानियहरु सडकमा उत्रिएका छन् । प्रहरी प्रशासनले हेटौंडाको सञ्चो अस्पतालमा चिकित्सक कुटिएको घटनाको आरोपमा पक्राऊ परेका आमाछोरीलाई उक्त अबस्था सृजना भएको कारण र बनाइएको अबस्थाको छानबिन नगरिकन थप धरपकड गरेको बिरोधमा स्थानिय सडकमा उत्रिएका हुन् ।
  उक्त घटना र पक्राऊ पछी सामाजिक संजालमा एकजनाले तत्कालिन पदमपोखरी गाबिस र त्यहाँका स्थानियप्रती गरेको तल्लो स्तरको टिकाटिप्पणीले स्थानियलाई थप आक्रोशित बनाएको मृतकका भाई रबिन प्रधानले बताउनुभयो । उहाँको अनुसार उहाँको दाजुलाई एक महिना अगाडी ज्वरो आएकाले हेटौंडा स्थीत सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न अस्पतालका चिकित्सकले एक दिनमा १९ बोतल सलाइन पानि चढाएको बताउदै थप उपचारको लागि समेत रिफर नदिएको स्मरण गर्दै भन्नुभयो “ हामीलाई अस्पतालका चिकित्सकले उहाँ सामान्य हुनुहुन्छ भन्यो, डेंगु लागिसकेको पनि भनेको थिएन तर हामीलाई हाम्रो बिरामीको उपचार राम्रो नभएको लागेर भरतपुर लगेका हौं, त्यहाँ उपचार सुरुभएपछी त्यहाँका चिकित्सकहरुले शरिरमा पानिको मात्रा धेरै भएको कारण खतरा रहेको जानकारी दिनुभयो । ” उहाँले थप्नुभयो “तबसम्म फोक्सोमा समेत पानि जमिसकेको रहेछ , शरिरमा पानि बढी भएकोले शरिरको सबै अंगबाट पानि बग्न थालेको थियो, अब भन्नुस कुनै बिरामीलाई १ दिनमा १९ बोतल स्लाइन चढाएको थाहा छ ? हामिले चिकित्सकको लापरबाहीले दाई गुमायौैं र पनि चुप नै थिएम तर एक्कासी अस्पताल प्रशासनले मृतकको परिवारलाई पैसा दिएर घटना मिलाएको हल्ला गरेपछी सहन नसकेर आबेगमा आएको थियौं । अस्पतालको प्रशासनले हामीसंग कुरा गर्न पनि चाहेन हामीसंग चिकित्सकहरु डिल गर्न आए मेरो भाउजु र छोरीलाई उनिहरुमा हत्यारा नजर आयो हात छोडे । ” उहाँको अनुसार त्यो परिस्थितीजन्य घटना थियो तर अस्पताल प्रशासनले आफ्नो गल्ती दबाउन एकोहोरो चिकित्सक कुटिएको घटना उचालिएको हो । प्रधानले उक्त घटना उठाउदा धेरै मेडिकल माफियाहरुको दुना सोझिएको र अस्पताल प्रशासन आफ्नो गल्तीबाट पञ्छिन पाउने अबसर मिलेको आरोप लगाउनुभयो । साथै उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा पदमपोखरीको नै अपमान हुने अभिब्यक्ती दिनेहरुले साम्रदायिक द्धन्द निम्त्याउन सक्ने कारण कारबाहीको दायरामा ल्याउन जरुरी रहेको समेत बताउनुभयो ।
 प्रधानको परिवारसंगै यतिबेला पदमपोखरीका स्थानियले भेलाको आयोजना गरी संघर्ष समिति नै गठन गरेको छन् । उक्त समितिले घटनाको सत्य तथ्य छानबिन गरी स्व. प्रधानको परिवारलाई यथासिघ्र रिहाको माग गर्दै शान्तिपुर्ण ¥याली समेत निकालेको छ । ¥यालीले बजार क्षेत्रको परिक्रमा गर्दैै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँ समक्ष ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा सामाजिक सञ्जालमा भौगोलिक, क्षेत्रीय, जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने अभिव्यक्ति दिनेलाई कानुन बमोजिम कार्वाहीको माग गरिएको छ । राजेश प्रधानको सपरिवारलाई निशर्त रिहा गर्न अपिल विज्ञप्तिमा गरिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...