jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संघीयताको मर्म अनुसार बागमती सरकार सञ्चालन भएन : माओवादी केन्द्र

1731497182440-1731497355.jpg

मकवानपुर, २८ कात्तिक । बागमती प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप सञ्चालन नभएको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बताएको छ ।
बुधबार माओवादी केन्द्र बागमती प्रदेश सभा दलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश ससरकारले प्रदेशका जनताको सेवा, विकास र आवश्यक्तालाई संबोधन गर्नुपर्नेमा सरकार भए नभएको अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितको सांसदहरुको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझएका हुन् ।

 

बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दलको हैसियतले सर्बदलिय सहमती एवम् निर्णय कार्यान्वयन नभएको र उक्त निर्णय कार्यान्वयन, योजनाबद्ध विकास निर्माण, सेवा प्रवाह, सहकारीको समस्या समाधान लगायत बिभिन्न माग सहित मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाईएको माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलले बताए ।


ज्ञापनपत्रमा प्रदेशका दीर्घकालिन महत्वका योजनाहरुलाई बिनापूर्वाग्रह चालु आर्थिक बर्षमा बिनियोजित बजेटको कार्यक्रमलाई प्राथमिकतमा राखी बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड अनुसार योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, कार्य प्रगति न्यून भएका र सम्झौताका म्याद सकिएका तर सम्पन्न नभएका योजनाहरुको अबिलम्ब निर्णय गरी कार्य अगाडि बढाउनुपर्ने, प्रचलित ऐन, नियम तथा मापदण्ड अनुरुप न्यायोचित हिसावले कर्मचारी सरुवा गर्नुपर्ने र अस्थायी, करारका कर्मचारीहरुलाई बिनाकारण हटाउन दवाव दिने कार्य बन्द गर्नुपर्ने, समस्याग्रस्त सहकारीमा संलग्नहरुलाई राजनीतिक पूर्वाग्रह नराखी छानबिनको दायरामा ल्याउनुपर्ने, प्रदेश सरकार अन्तरगतका सहकारीमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिलाई प्रभावकारी बनाउनुपर्ने, विपदले जनधनको क्षति भएका प्रभावित जिल्लामा राहत र उद्दारका लागि बागमती प्रदेशको सर्वदलीय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र गत असोज १२ गते पहिरोमा परी एन्फा एकेडेमी ईन्द्रसरोवरका ६ जना प्रशिक्षार्थी खेलाडीहरुले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोशीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।


सरकारको कामबाट जनता चरम निराशामा रहेका र कांग्रेस–एमाले गठवन्धन सरकारबाट सुशासनको अपेक्षागर्न नसकिने प्रदेशसभा सदस्य कुमारी मोक्तानले बताईन् । सरकारको गलत कार्यको खवरदारी गर्नु प्रतिपक्ष दलको कर्तब्य भएकोले प्रदेश सरकारलाई सजग गराउन ज्ञापनपत्र बुझाईएको मोक्तानले बताईन् ।


सत्ता गठबन्धन परिवर्तन भएसंगै २०८१ श्रावण ९ गाते बागमतीमा कांग्रेस–एमाले गठबन्धनको बागमती प्रदेश सरकार गठन भएको थियो । बागमती प्रदेशमा २१ सदस्यसहित माओवादी केन्द्र तेस्रो र सरकारको प्रमुख प्रतिपक्षी दलको रुपमा छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले प्रतिपक्षका रचनात्मक सुझाव अनुशरण गर्ने प्रतिबद्धता जनाए ।

हेर्नुस ज्ञापनपत्रसमेत :-

1731497185330-1731497355.jpg
1731497187907-1731497372.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...