pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

संघीयताको मर्म अनुसार बागमती सरकार सञ्चालन भएन : माओवादी केन्द्र

1731497182440-1731497355.jpg

मकवानपुर, २८ कात्तिक । बागमती प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप सञ्चालन नभएको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बताएको छ ।
बुधबार माओवादी केन्द्र बागमती प्रदेश सभा दलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश ससरकारले प्रदेशका जनताको सेवा, विकास र आवश्यक्तालाई संबोधन गर्नुपर्नेमा सरकार भए नभएको अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितको सांसदहरुको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझएका हुन् ।

 

बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दलको हैसियतले सर्बदलिय सहमती एवम् निर्णय कार्यान्वयन नभएको र उक्त निर्णय कार्यान्वयन, योजनाबद्ध विकास निर्माण, सेवा प्रवाह, सहकारीको समस्या समाधान लगायत बिभिन्न माग सहित मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाईएको माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलले बताए ।


ज्ञापनपत्रमा प्रदेशका दीर्घकालिन महत्वका योजनाहरुलाई बिनापूर्वाग्रह चालु आर्थिक बर्षमा बिनियोजित बजेटको कार्यक्रमलाई प्राथमिकतमा राखी बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड अनुसार योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, कार्य प्रगति न्यून भएका र सम्झौताका म्याद सकिएका तर सम्पन्न नभएका योजनाहरुको अबिलम्ब निर्णय गरी कार्य अगाडि बढाउनुपर्ने, प्रचलित ऐन, नियम तथा मापदण्ड अनुरुप न्यायोचित हिसावले कर्मचारी सरुवा गर्नुपर्ने र अस्थायी, करारका कर्मचारीहरुलाई बिनाकारण हटाउन दवाव दिने कार्य बन्द गर्नुपर्ने, समस्याग्रस्त सहकारीमा संलग्नहरुलाई राजनीतिक पूर्वाग्रह नराखी छानबिनको दायरामा ल्याउनुपर्ने, प्रदेश सरकार अन्तरगतका सहकारीमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिलाई प्रभावकारी बनाउनुपर्ने, विपदले जनधनको क्षति भएका प्रभावित जिल्लामा राहत र उद्दारका लागि बागमती प्रदेशको सर्वदलीय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र गत असोज १२ गते पहिरोमा परी एन्फा एकेडेमी ईन्द्रसरोवरका ६ जना प्रशिक्षार्थी खेलाडीहरुले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोशीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।


सरकारको कामबाट जनता चरम निराशामा रहेका र कांग्रेस–एमाले गठवन्धन सरकारबाट सुशासनको अपेक्षागर्न नसकिने प्रदेशसभा सदस्य कुमारी मोक्तानले बताईन् । सरकारको गलत कार्यको खवरदारी गर्नु प्रतिपक्ष दलको कर्तब्य भएकोले प्रदेश सरकारलाई सजग गराउन ज्ञापनपत्र बुझाईएको मोक्तानले बताईन् ।


सत्ता गठबन्धन परिवर्तन भएसंगै २०८१ श्रावण ९ गाते बागमतीमा कांग्रेस–एमाले गठबन्धनको बागमती प्रदेश सरकार गठन भएको थियो । बागमती प्रदेशमा २१ सदस्यसहित माओवादी केन्द्र तेस्रो र सरकारको प्रमुख प्रतिपक्षी दलको रुपमा छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले प्रतिपक्षका रचनात्मक सुझाव अनुशरण गर्ने प्रतिबद्धता जनाए ।

हेर्नुस ज्ञापनपत्रसमेत :-

1731497185330-1731497355.jpg
1731497187907-1731497372.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg