Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

संक्रमितले सूचना लुकाउँदा थाहामा कोरोनाको जोखिम बढ्यो
एउटै मोटरसाइकलमा काठमाण्डौं–बीरगन्ज–काठमाण्डौं–पालुङ यात्रा गरेका संक्रमितको साथीलाई १० दिनपछि क्वारेन्टाइन पठाइयो

korona_virus_62Du0tP47r-1599792701.jpg

थाहानगरको ओम अध्याय क्वारेन्टाइनमा बसेको अवस्थामा बिहीबार कोरोना संक्रमण पुष्टि भएका ३४ वर्षीय पुरुषले सूचना लुकाउँदा थाहानगरमा कोरोनाको जोखिम बढेको छ । एउटै मोटरसाइकलमा थाहा–२ इन्द्रायणी बस्तीका अर्को एक जना पनि आएकोमा संक्रमित व्यक्तिले आफू संक्रमित भइसकेपछि थाहा नगरपालिकाले कन्ट्याक्ट टे«ेसिङको क्रममा सोधपुछ गर्दा मात्र जानकारी दिनुभएको थियो ।

गत भदौ १७ गते थाहा नगरपालिका–६ स्थित घरमा जानु अघि क्वारेन्टाइनको सम्पर्कमा जानु भएका उहाँले क्वारेन्टाइन व्यवस्थापनलाई आफू कोरोना जोखिम क्षेत्रबाट आएकोले क्वारेन्टाइनमा बस्न आएको र आफू एक्लै आएको जानकारी दिनुभएको थियो । 

नेपाली सेनाको भद्रकाली व्यारेकमा अधिकृतस्तरमा कार्यरत उहाँले बिहीबार साँझ कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएपछि मात्र आफूसँग एउटै मोटरसाइकलमा अर्को व्यक्ति पनि आएको जानकारी दिनु भएपछि अहिले थाहामा कोरोनाको जोखिम बढेको थाहा नगरपालिकाका डाक्टर सुवोध चापागाईंले बताउनु भयो । 

संक्रमितको ट्राभल हिस्ट्री हेर्दा संक्रमित व्यक्ति र थाहा–२ का उहाँका साथी पालुङमात्र सँगै आएको हाइन, उहाँहरु गत भदौ १२ गते बीरगन्ज पनि एउटै मोटरसाइकलमा जानुभएको थियो । त्यसपछि काठमाण्डौं फर्किएका उहाँहरु थाहानगर आउँदा पनि सँगै हुनुहुन्थ्यो । 

दुबैको घर थाहानगर भए पनि एक जनाको बज्रवाराही र अर्कोको पालुङ भएकोले काठमाण्डौंबाट सँगै आएकोमा थाहा–२ का साथीलाई थाहा नगरपालिका–१ स्थित ओखरबजार क्षेत्रमा छोडेर हाल संक्रमित भेटिएका व्यक्ति बज्रवाराही जानुभएको थियो । 

१० दिनदेखि  थाहा–२ स्थित घरगाउँमा बसिरहनुभएका नेपाली सेनामै कार्यरत ३४ वर्षीय पुरुष कोरोना संक्रमितकोे कन्ट्याक्ट ट्रेसिङमा परेपछि उहाँलाई अहिले ओम अध्याय क्वारेन्टाइनमा पठाइएको छ भने उहाँको परिवारलाई होम क्वारेन्टाइनमा बस्न भनिएको डा. चापागाईंले बताउनु भयो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...