pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

शिखर बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न 

shikhar-1571228681.jpg


मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । 
थाहा नगरपालिका–३ को सभाहलमा भएको साधारण सभा उद्घाटनको अध्यक्षता संस्थाका अध्यक्ष मधुसूदन विष्टले गरेका थिए भने कार्यक्रममा वडा अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यता रहेको थियो । 
उद्घाटन समारोहको अवसरमा प्रमुख अतिथि केसी, प्रदेश नं. ३ सहकारी संघका सञ्चालक विमलकुमार ढकाल, च्वाइस नेपालका मकवानपुर प्रतिनिधि प्रताप घिमिरे, थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण कार्की, फरक सोचका यादव जंग रायामाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाले अध्यक्ष मधुसूदन विष्टले प्रस्तुत गरेको संचालक समितिको प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम, सचिब सहदेव ढकालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज रायमाझीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को ५ करोड दुई लाख  ११ हजार ९४६ रुपिया बराबरको आय–व्ययसहितको आर्थिक प्रतिवेदन पारित गरेको छ । 
सो अवसरमा जनमुखी सहकर्मी अक्कलबहादुर केसी, फरक क्षमता भएका मनलाल गोपाली र अनुप विष्ट, उत्कृष्ट कारोबार गर्ने शक्ति रायमाझी, तारालाल श्रेष्ठ, पार्वती रायमाझी, सागर बलामी र कृष्ण कार्की, नेकपा थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझी र सहयोगी संस्था च्वाइस नेपाललाई सम्मान गरिएको थियो । 
साधारण सभाकै अवसरमा उक्त सहकारीले पालुङ बहुमुखी क्याम्पसका एक जना विद्यार्थीलाई ७ हजार ५ सय बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणासमेत गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...