Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

शिखरको ७ औं साधारण सभा सम्पन्न

थाहा नगरपालिका वडा नं. ३ मा  रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि.को ७ औं   साधारण सभा शिखरकोट विकास घरमा सम्पन्न भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले पानसमा वत्ति वालि साधारण सभाको समुद्घाटन गरेका थिए ।   

थाहा नगरपालिका शिखरकोट स्थापना भई ७ वर्ष अघि संचालनमा आएको सहकारीले आर्थिक वर्ष २०७३÷०७४ को २ करोड ५४ लाख ३५ हजार ९ सय ३३ को कारोबारमा रु. १ लाख४३ हजार १ सय ८३ रुपैंया ५७ पैसा खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक साधारण सभाका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष मधुसुदन विष्टले संस्थाको वार्षिक प्रतिवेदन तथा भावि निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको थियो ।   
कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगर विकास तथा आर्थिक विकासको यहाँको सहकारीहरु मिलि समग्र नगरको विकास संभव   रहेको बताए । ७ औं साधारण सभाको अवसरमा सहकारीले ‘कला संस्कृति देशको पहिचान यसको  संरक्षण हाम्रो अभियान’ भन्ने नाराको साथ थाहा नगरको कला स“स्कृतिमा योगदान पु¥याउने थाहा कला केन्द्रलाई सम्मान गरेको छ । थाहा नगरपालिका ३ निवासी फरक क्षमता भएका शारिरिक रुपले अपाङ्ग सिकर्मी तथा डकर्मी कार्य गर्ने सानँेभाई भुजेल लाई प्रशंसा पत्र प्रदान गरेको छ । 

साधारण सभामा सहकारी संस्थाका सचिव सहदेव ढकाल,  लेखा समिति संयोजक जयन्ति रायमाझीले आफ्नो आफ्नो तर्फबाट संस्थाको वार्षिक प्रतिवेदन शभा समक्ष प्रस्तुत  गरेका थिए । 

थाहा नगरपालिका वडा नं. ३ को अध्यक्ष राजेश के.सी.को विशेष आतिथ्यतामा भएको कार्यक्रममा जनमुखी अभियान प्रा.लि.का अध्यक्ष अरुण रायमाझी, मकवानपुर  बचत तथा ऋण सहकारी संघका संचालक तथा पालुङ बहुद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष विमल कुमार ढकाल, थाहा स्वास्थ्य सहकारी संस्था लि.का अध्यक्ष हरिकृष्ण कार्की, पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका सचिव रामकुमार कार्की, ग्रामिण पर्यटन सहकारी संस्था लि. का अध्यक्ष निरन्जन अधिकारी, लालीगुरास महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता प्रधान, शान्तिपुर दैनिकका प्रकाशक तथा सम्पादक कुमार नेगी, थाहा नगरका विभिन्न संचारकर्मीहरु तथा नगरका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाज्ञको उपस्थिती रहेको थियो ।
 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...