Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

शिखरकोट फल्चामा दिप प्रज्वलन सहित ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो।

FB_IMG_1739972709633-1739972780.jpg

थाहा नगरपालिका शिखरकोट स्थित फल्चा  प्रागणमा शिखरकोटमा रहेको विभिन्न संघसंस्थाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि ज्ञातअज्ञात सहिदको बलिदान स्वरुप नेपाली नागरिकले पाएका विभिन्न हक र अधिकारको मनन गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
दिप प्रज्वलन कार्यक्रममा शुभकामना दिदै थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको बताए।
विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।
थाहाको शिखरकोटमा रहेको बजार व्यवस्थापन समिती,फरक सोच,शिखर क्लव,नवजागृत पुस्तकालय,दामन चेली समाज,थाहा नगर व्याडमिन्टन संघ,शिखर बचत,मंगलदिप बचत,प्रभु बैंक,महालक्ष्मी बिकास बैंक,दिव्यतारा बहुउद्देश्यीय सहकारी,कृषि बिकास बैंक,शिखर इन्स्योरेन्स,ज्योती लाइफ,प्राइम लाइफ,कुण्डलदेवी बहुउद्देश्यीय,थाहा नगर उद्योग वाणिज्य संघ,गोपाली सांस्कृतिक समाज,लगायतका संघसंस्थाको आयोजनामा दिप प्रज्वलन भएको हो।
फरक सोचका अध्यक्ष यादव रायमाझीको संयोजकत्वमा भएको दिप प्रज्वलन कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी,शिखर क्लवका अध्यक्ष विश्व अर्याल,गोपाली सांस्कृतिक समाजका बिक्रम गोपाली लगायत आयोजक संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो।

 

FB_IMG_1739972698383-1739972780.jpg
FB_IMG_1739972744488-1739972804.jpg
FB_IMG_1739972726024-1739972804.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...