Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

विरोधपछि पछि हट्यो विभाग, साउन १ मै इम्बोस्ड नम्बर अनिवार्य नहुने

maxresdefault-3-1654598115.jpg

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीसाधनलाई आगामी साउनदेखि कारवाही गर्ने २० जेठको सूचनालाई यातायात व्यवस्था विभागले सच्याएको छ । 

विभागका अनुसार गत कात्तिकमै समयसीमा भएका र उक्त अवधिमा इम्बोस्ड जडान गर्नुपर्ने सवारी साधनको मात्रै आगामी साउनदेखि अनुगमन गर्ने भनिएको विभागले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

सरकारले २२ कात्तिक २०७८ मा जारी गरेको सूचना अनुसार १ मंसिर २०७८ देखि नयाँ सवारी दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर हुनुपर्ने व्यवस्था गरिएको थियो । उक्त सूचना अनुसार सोही वर्षको १ फागुनदेखि सवारी नामसारी गर्दा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर लिनुपर्ने अनिवार्य व्यवस्था भएको थियो । 

सोही व्यवस्थाअनुसार कात्तिकमै जोड्नुपर्ने इम्बोस्ड नम्बर नजोडिएको विषयमा आगामी साउनदेखि अनुगमन गरेर कारवाही गर्ने भनिएको विभागको स्पष्टोक्ति छ । 

विभागका अनुसार नयाँ दर्ता भएका सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान नगरेको र इम्बोस्ड राख्ने विषय ऐच्छिक नभएको विभागले स्पष्ट पारेको छ । विभागका अनुसार ४० लाख सवारी साधनमा एकैपटक इम्बोस्ड जडान गर्न नसकिने विषयमा विभाग पनि जानकार रहेको बताएको छ । 

हाल दुई लाख ५० हजार इम्बोस्ड नम्बर छापिएर विभागमै थुप्रिएकाले पनि क्रमिक रूपमा सवारी साधनले जडान गर्दै जानुपर्ने विभागको भनाइ छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...