pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

विधुत प्राधिकरणको मनोमानी

थाहा नगरपालिमा एक साता देखि मिनेट मिनेटमा विजुली वत्ति आउने र जाने समस्याले जनताले दुःख पाइरहेका छन् । थाहामा केही साता दिन यता विना जानकारी अनियमित रुपमा विधुत कटौति भैरहेको छ । अघोषित रुपमा बिधुत कटौति हुँदा जन आक्रोस र  गुनासो दिन प्रतिदिन बबढीरहेको छ । साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले थाहा नगरका विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् ।

  अन्यत्रलोड सेडिङ भैरहँदा कुलेखानी जलबिधुतको मुहान क्षेत्र थाहा नगरपालिकामा २४ सै घण्टा विजुली आउने गर्दथ्यो । पछिल्लो समय अनियमित बिधुतको कारण बैंक, सहकारी, सरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको छ भने घरायसी प्रयोग कर्ताले दुःख पाईरहेका छन् ।  विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा वैकल्पिक उर्जाको रुपमा प्रयोग गरिने जेनेरेटर पनि सुरु गर्ने र वन्द गर्ने अनावस्यक सास्ति पाइरहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यबस्थापक प्रकाश पौडेलले बताउनु भयो । पौडेलले एक साता भैसक्दा पनि समाधान नहुनु भनेको प्राधिकरणको हेलचक्राईं भएको बताउनु भयो ।

विधुत छिनछिनमै आउने जाने गर्दा सर्भर तथा सफ्टवेयरमा आउने समस्याले रेमिट सेवा लगायतका काममा समस्या भोगिरहेको शिखर वचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक अनिल बिष्टले बताए । बिष्टले मनलाग्दो तरिकाले लाइन काटेर प्राधिकरणले विना जानकारी मनोमानि गरिरहेकोले समस्यामा परेकोमा आक्रोस पोख्नु भयो ।

साताभर विजुलिको गढवढीले कम्प्युटर तथा विजुलीवाट चल्ने टेलिभिजन लगायतका सामानहरुमा बिग्रन थाले पछि ग्राहकहरु आक्रोशित भएका छन् । यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् । एक साता सम्म विजुली आउनेजाने भैरहेको कारण ब्यापार घाटा भैरहेको ब्यावसायी पूर्ण बहादुर बिष्टले बताउनु भयो । बिधुत आपुर्तिमा भएको समस्याले थाहा नगरपालिकाका भुकम्प पिडितहरु पनि मर्कामा परेका छन् । भुकम्पपिडितले सरकारले दिएको किस्ता रकम निकासाको लागि बैंकमा जाँदा बिधुतको समस्याले समयमा रकम झिक्न सकिरहेका छैनन् । टाढा टाढावाट आउनेहरु एक दिनमा हुनेकाम दुईदिन लगाउनु पर्दा बास बस्ने समस्याले पिडित भएका छन् ।

   यस बिषयमा नेपाल बिधुत प्राधिकरणले मार्खु स्थित स्टेसनमा समस्या भएको भनि हल्का जवाफ दिने गरेको छ तर छिनछिनमै लाइन आउने जाने समस्या एक साता भैसकेको छ । पालुग बितरण केन्द्रले भने बिग्रिएको समयमा मर्मत संम्भार गर्नुपर्दा बाहेक अरुबेला बिधुत कटौति नहुने गरेको दावी गर्दै अइरहेको भए पनि झ्याप–झ्याप लाइन गएर सम्पुर्ण सरकारि तथा गैर सरकारि कार्यलयमा दैनिक कामकाज प्राय ठप्प जस्तै हुन पुगेको  छ ।  पछिल्लो समय पालुङ बितरण केन्द्रले सेवाग्राहीहरुको सेवामा ढिलाई गरिरहेको गुनासाहरु पनि बढ्न थालेको छ । बिजुलिका पोलहरु अफिस अगाडि थन्किएर बसेका छन् तर कुने कुनै स्थानमा हरियो रुखलाईनै पोलको रुपमा प्रयोग गरिरहेको देखिन्छ ।  गाउँ गाउँमा पठाइएका बिजुलिका पोल काल्नामा तेर्सिएर बसेका छन् भने पोल गाडेको धेरै भैसक्दा पनि लाइन बिस्तार भैरहेको छैनन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...