Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

विधुत प्राधिकरणको मनोमानी

थाहा नगरपालिमा एक साता देखि मिनेट मिनेटमा विजुली वत्ति आउने र जाने समस्याले जनताले दुःख पाइरहेका छन् । थाहामा केही साता दिन यता विना जानकारी अनियमित रुपमा विधुत कटौति भैरहेको छ । अघोषित रुपमा बिधुत कटौति हुँदा जन आक्रोस र  गुनासो दिन प्रतिदिन बबढीरहेको छ । साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले थाहा नगरका विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् ।

  अन्यत्रलोड सेडिङ भैरहँदा कुलेखानी जलबिधुतको मुहान क्षेत्र थाहा नगरपालिकामा २४ सै घण्टा विजुली आउने गर्दथ्यो । पछिल्लो समय अनियमित बिधुतको कारण बैंक, सहकारी, सरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको छ भने घरायसी प्रयोग कर्ताले दुःख पाईरहेका छन् ।  विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा वैकल्पिक उर्जाको रुपमा प्रयोग गरिने जेनेरेटर पनि सुरु गर्ने र वन्द गर्ने अनावस्यक सास्ति पाइरहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यबस्थापक प्रकाश पौडेलले बताउनु भयो । पौडेलले एक साता भैसक्दा पनि समाधान नहुनु भनेको प्राधिकरणको हेलचक्राईं भएको बताउनु भयो ।

विधुत छिनछिनमै आउने जाने गर्दा सर्भर तथा सफ्टवेयरमा आउने समस्याले रेमिट सेवा लगायतका काममा समस्या भोगिरहेको शिखर वचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक अनिल बिष्टले बताए । बिष्टले मनलाग्दो तरिकाले लाइन काटेर प्राधिकरणले विना जानकारी मनोमानि गरिरहेकोले समस्यामा परेकोमा आक्रोस पोख्नु भयो ।

साताभर विजुलिको गढवढीले कम्प्युटर तथा विजुलीवाट चल्ने टेलिभिजन लगायतका सामानहरुमा बिग्रन थाले पछि ग्राहकहरु आक्रोशित भएका छन् । यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् । एक साता सम्म विजुली आउनेजाने भैरहेको कारण ब्यापार घाटा भैरहेको ब्यावसायी पूर्ण बहादुर बिष्टले बताउनु भयो । बिधुत आपुर्तिमा भएको समस्याले थाहा नगरपालिकाका भुकम्प पिडितहरु पनि मर्कामा परेका छन् । भुकम्पपिडितले सरकारले दिएको किस्ता रकम निकासाको लागि बैंकमा जाँदा बिधुतको समस्याले समयमा रकम झिक्न सकिरहेका छैनन् । टाढा टाढावाट आउनेहरु एक दिनमा हुनेकाम दुईदिन लगाउनु पर्दा बास बस्ने समस्याले पिडित भएका छन् ।

   यस बिषयमा नेपाल बिधुत प्राधिकरणले मार्खु स्थित स्टेसनमा समस्या भएको भनि हल्का जवाफ दिने गरेको छ तर छिनछिनमै लाइन आउने जाने समस्या एक साता भैसकेको छ । पालुग बितरण केन्द्रले भने बिग्रिएको समयमा मर्मत संम्भार गर्नुपर्दा बाहेक अरुबेला बिधुत कटौति नहुने गरेको दावी गर्दै अइरहेको भए पनि झ्याप–झ्याप लाइन गएर सम्पुर्ण सरकारि तथा गैर सरकारि कार्यलयमा दैनिक कामकाज प्राय ठप्प जस्तै हुन पुगेको  छ ।  पछिल्लो समय पालुङ बितरण केन्द्रले सेवाग्राहीहरुको सेवामा ढिलाई गरिरहेको गुनासाहरु पनि बढ्न थालेको छ । बिजुलिका पोलहरु अफिस अगाडि थन्किएर बसेका छन् तर कुने कुनै स्थानमा हरियो रुखलाईनै पोलको रुपमा प्रयोग गरिरहेको देखिन्छ ।  गाउँ गाउँमा पठाइएका बिजुलिका पोल काल्नामा तेर्सिएर बसेका छन् भने पोल गाडेको धेरै भैसक्दा पनि लाइन बिस्तार भैरहेको छैनन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg