Monday, 29 Apr, 2024
अपडेट

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

banner-1712549710.jpg

 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस – २०८० का अवसरमा प्रभात फेरी गरेको छ । 
पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा  परिक्रमा ¥याली गरेको हो । 


प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउदै आएको र विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैल्याउन तथा  सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन  विद्युतिय सुरक्षा दिवस मनाईएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो । 


विद्युतिय सुरक्षा दिवसका अबसरमा ¥यालीलाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख न्यौपानेले विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

 


प्राधिकरणको काम तथा सेवा  जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफु सुरक्षित भएर सुरक्षित र भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरुलाई  निर्देशन दिंदै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठको पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा आफुलागेकोले जीर्ण, पोल नाङ्गा तार तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना संरचनाको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको पनि बताउनु भयो । 
¥यालीमा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” प्रलोभनमा नपरौं,विद्युतको सुरक्षित उपयोग गरौं । सुरक्षा प्रतिको चासो,दुर्घटनाबाट बच्ने साँचो । सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा । नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा । विद्युत दुर्घटनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं । लगाएतका चेतनामुलक प्लेकार्ड बोकीएको थियो । 


विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने लगाएतका कार्यहरु निरन्तर भइरहेको र सुरक्षा  दिवसले त्यसमा लाजगी ल्याउने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।  

https://thahapati.com/public/images/users/384390322_328158556428235-1702213522.jpg
रञ्जिता दुतराज
kaxiirangita@gmail.com

रञ्जिता दुतराज थाहापाटी अनलाईनकी रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9848561171


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...