Friday, 17 May, 2024
अपडेट

वडा कार्यालय र बजार ब्यवस्थापन समितिले संरक्षण गर्न सकेनन् “डस्टबिन”

नगर सफा र स्वच्छ बनाउन थाहा नगरपालिकाका विभिन्न स्थानमा डस्टबिन राखियो तर त्यसको संरक्षण नहुदा अहिले कहिँ स्ट्याण्ड मात्र छ कहिँ फुटेका भाँडा मात्र त कतै केहीपनि छैन । थाहा नगरपालिकाले नगरको सरसफाईको लागि मुख्य बजारहरुमा राखिएको डस्टबिन ऐले कुनैपनि कामलाग्ने अवस्थामा छैनन । पहिलो चरणमा थाहा नगरपलिकाको १,२,३,४ र ६ का बजार क्षेत्रका विभिन्न स्थानमा स्थानिय स्तरमा निस्कने फोहोर व्यवस्थापनका लागि थाहा नगरपालिकाले सम्वन्धित वडा कार्यालय र बजारब्यवस्थापन समितिसंगको समन्वयमा डस्टबिन राखिएको थियो । हाल उक्त स्थानहरुका धेरै जसो डस्विनहरु सामान्य अवस्थामा छैनन् ।

थाहा नगरपालिका सामाजिक शाखाका प्रमुख अनिल लामिछानेले स्थानीय बजार ब्यवस्थापन समिति र वडा कार्यालयले प्रभावकारी ब्यवस्थापन गर्न नसक्दा नगरपालिकाको सरसफाई योजना प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रति डस्टबिन करिब ७ हजार रुपैंया खर्चगरी बनाएर स्थानीय बजार ब्यवस्थापन समिति मार्फत बितरण गरिएको लामिछानेले बताउनुभयो । लामिछानेले मुख्य बजार क्षेत्रहरुमा करिब १०० वटा डस्टबिन बितरण गरिएको र हाल फुटेका, बिग्रेका डस्टबिन र स्ट्याण्डहरु परिवर्तन गर्ने र मर्मत गर्ने कार्य थालनी गर्ने र बजार ब्यवस्थापन समितिहरुलाई क्रियाशिल बनाउने बताउनुभयो ।

ईन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकाले संयुक्त रुपमा फोहर ब्यवस्थापन गर्ने उद्देश्यले सेरिगेशन हाउस निर्माण गर्ने तयारी गरिरहेको र थाहा नगरपालिकाले फोहोरलाई बर्गीकरण गरी मोहोरमा परिणत गर्ने कार्यसमेत शुरु गरिसकेको लामिछानेले बताउनुभयो ।

मुख्य बजार क्षेत्रहरुमा करिब १०० वटा डस्टबिन बितरण गरिएको र हाल फुटेका, बिग्रेका डस्टबिन र स्ट्याण्डहरु परिवर्तन गर्ने र मर्मत गर्ने कार्य थालनी गर्ने र बजार ब्यवस्थापन समितिहरुलाई क्रियाशिल बनाईने

थाहा नगरपालिकाको वडा नम्बर १ ओखरबजार, वडा नम्बर २ फाँटबजार, वडा नम्बर ३ शिखरकोट, वडा नम्बर ४ दामन बजार लगायताको स्थानहरुमा राखिएका डष्टबिनहरु पनि काम नलाग्ने अवस्थामा छन् । ओखरबजार बजारब्यवस्थापन समितिका अध्यक्ष प्रबिण प्रधानले डस्टबिन राखेको २ बर्ष भईसकेकोले पुरानो भएर पनि भत्कने र फुट्ने गरेको बताउनुभयो । प्रधानले नगरपालिका समक्ष नयाँ डस्टबिनकोलागि माग गरेको समेत बताउनुभयो ।

बाटो हिड्ने ब्यक्तिहरुबाट निस्कने फोहरलाई ब्यवस्थित गर्न सडकको छेउछाउमा राखिएको डस्टबिनलाई स्थनीयहरुले डम्पिङ साईट जस्तै बनाउँदा समस्या आएको र छिट्टै ब्यवस्थित गर्ने वडा थाहा ६ का वडा अध्यक्ष शशिधर सुवेदीले बताउनुभयो । बजार ब्यवस्थापन समिति सरस्वतिबजार बज्रबाराहीका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले लवग्रीन नेपाल नामक संस्था, थाहा नगरपालिका र बजार ब्यवथपन समितिको सहकार्यमा एक घर एक सेट डस्टबिनको ब्यवस्था गरी सरसफाईलाई ब्यवस्थित गर्ने योजना रहेको र केही स्थानहरुका बितरण गर्न शुरु गरिएको बताउनुभयो ।

हाल डस्टबिनहरुको अबस्था फोटो फिचर

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...