pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

वडा कार्यालय र बजार ब्यवस्थापन समितिले संरक्षण गर्न सकेनन् “डस्टबिन”

नगर सफा र स्वच्छ बनाउन थाहा नगरपालिकाका विभिन्न स्थानमा डस्टबिन राखियो तर त्यसको संरक्षण नहुदा अहिले कहिँ स्ट्याण्ड मात्र छ कहिँ फुटेका भाँडा मात्र त कतै केहीपनि छैन । थाहा नगरपालिकाले नगरको सरसफाईको लागि मुख्य बजारहरुमा राखिएको डस्टबिन ऐले कुनैपनि कामलाग्ने अवस्थामा छैनन । पहिलो चरणमा थाहा नगरपलिकाको १,२,३,४ र ६ का बजार क्षेत्रका विभिन्न स्थानमा स्थानिय स्तरमा निस्कने फोहोर व्यवस्थापनका लागि थाहा नगरपालिकाले सम्वन्धित वडा कार्यालय र बजारब्यवस्थापन समितिसंगको समन्वयमा डस्टबिन राखिएको थियो । हाल उक्त स्थानहरुका धेरै जसो डस्विनहरु सामान्य अवस्थामा छैनन् ।

थाहा नगरपालिका सामाजिक शाखाका प्रमुख अनिल लामिछानेले स्थानीय बजार ब्यवस्थापन समिति र वडा कार्यालयले प्रभावकारी ब्यवस्थापन गर्न नसक्दा नगरपालिकाको सरसफाई योजना प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रति डस्टबिन करिब ७ हजार रुपैंया खर्चगरी बनाएर स्थानीय बजार ब्यवस्थापन समिति मार्फत बितरण गरिएको लामिछानेले बताउनुभयो । लामिछानेले मुख्य बजार क्षेत्रहरुमा करिब १०० वटा डस्टबिन बितरण गरिएको र हाल फुटेका, बिग्रेका डस्टबिन र स्ट्याण्डहरु परिवर्तन गर्ने र मर्मत गर्ने कार्य थालनी गर्ने र बजार ब्यवस्थापन समितिहरुलाई क्रियाशिल बनाउने बताउनुभयो ।

ईन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकाले संयुक्त रुपमा फोहर ब्यवस्थापन गर्ने उद्देश्यले सेरिगेशन हाउस निर्माण गर्ने तयारी गरिरहेको र थाहा नगरपालिकाले फोहोरलाई बर्गीकरण गरी मोहोरमा परिणत गर्ने कार्यसमेत शुरु गरिसकेको लामिछानेले बताउनुभयो ।

मुख्य बजार क्षेत्रहरुमा करिब १०० वटा डस्टबिन बितरण गरिएको र हाल फुटेका, बिग्रेका डस्टबिन र स्ट्याण्डहरु परिवर्तन गर्ने र मर्मत गर्ने कार्य थालनी गर्ने र बजार ब्यवस्थापन समितिहरुलाई क्रियाशिल बनाईने

थाहा नगरपालिकाको वडा नम्बर १ ओखरबजार, वडा नम्बर २ फाँटबजार, वडा नम्बर ३ शिखरकोट, वडा नम्बर ४ दामन बजार लगायताको स्थानहरुमा राखिएका डष्टबिनहरु पनि काम नलाग्ने अवस्थामा छन् । ओखरबजार बजारब्यवस्थापन समितिका अध्यक्ष प्रबिण प्रधानले डस्टबिन राखेको २ बर्ष भईसकेकोले पुरानो भएर पनि भत्कने र फुट्ने गरेको बताउनुभयो । प्रधानले नगरपालिका समक्ष नयाँ डस्टबिनकोलागि माग गरेको समेत बताउनुभयो ।

बाटो हिड्ने ब्यक्तिहरुबाट निस्कने फोहरलाई ब्यवस्थित गर्न सडकको छेउछाउमा राखिएको डस्टबिनलाई स्थनीयहरुले डम्पिङ साईट जस्तै बनाउँदा समस्या आएको र छिट्टै ब्यवस्थित गर्ने वडा थाहा ६ का वडा अध्यक्ष शशिधर सुवेदीले बताउनुभयो । बजार ब्यवस्थापन समिति सरस्वतिबजार बज्रबाराहीका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले लवग्रीन नेपाल नामक संस्था, थाहा नगरपालिका र बजार ब्यवथपन समितिको सहकार्यमा एक घर एक सेट डस्टबिनको ब्यवस्था गरी सरसफाईलाई ब्यवस्थित गर्ने योजना रहेको र केही स्थानहरुका बितरण गर्न शुरु गरिएको बताउनुभयो ।

हाल डस्टबिनहरुको अबस्था फोटो फिचर

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...