pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 

1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् ।

१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्तरूपमा हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लामिछानेले १० बर्षे जनयुद्ध र जनयुद्धको जगमा उपलब्धिको रुपमा गणतन्त्र आएको र गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताए ।


अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष बिजन लटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वाईसीएल नेपाल हेटौंडा उपमहानगर कमिटी अध्यक्ष मदन उप्रेतीले स्वागत गरेका थिए ।

अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्यालले सांचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीन, सचिव वीर बहादुर घलान'ज्वाला', हेटौडा उपमहानगर कमिटी अध्यक्ष तिर्थ बहादुर थापा मगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजकुमार मोक्तान, प्रदेश कमिटी सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण बर्तौला, स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस सभापति छोइसाङ लामा लगायत युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg