himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 

1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् ।

१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्तरूपमा हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लामिछानेले १० बर्षे जनयुद्ध र जनयुद्धको जगमा उपलब्धिको रुपमा गणतन्त्र आएको र गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताए ।


अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष बिजन लटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वाईसीएल नेपाल हेटौंडा उपमहानगर कमिटी अध्यक्ष मदन उप्रेतीले स्वागत गरेका थिए ।

अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्यालले सांचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीन, सचिव वीर बहादुर घलान'ज्वाला', हेटौडा उपमहानगर कमिटी अध्यक्ष तिर्थ बहादुर थापा मगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजकुमार मोक्तान, प्रदेश कमिटी सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण बर्तौला, स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस सभापति छोइसाङ लामा लगायत युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png