pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रुपचन्द्र बिष्टको मृत्यु नभइ हत्या भएको हो:- रामनारायण बिडारी
रुदानेको ८८ औ जन्म जयन्ती तथा थाहा दिवस मा कल्ले के भने।

रुपचन्द्र बिष्ट स्मारक समितिका केन्द्रिय अध्यक्ष तथा जनमुखी सहकर्मी रामनारायण बिडारीले रुपचन्द्र बिष्टको मृत्यु नभइ हत्या भएको खुलासा गर्नुभएको छ।
आज रुपचन्द्र बिष्टको ८८ औ जन्म जयन्ती तथा थाहा दिवस को कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बिडारीले उक्त कुराको खुलासा गरेका हुन ।बिडारिले रुदानेलाइ त्यतिबेला चौतर्फी भैरहने,आक्रमण गरिरहने भएपछी आफू मारिय जनमुखी सहकर्मिहरु जेलजाने डरले आफुलाइ समाप्त पारेको बताउदै रुदानेलाइ आक्रमण गरिरहनेहरु अहिले मुलधारको राजनितिमा हालिमुहाली गरिरहेको बताउदै कुनै दिन बहादुर जनमुखी सहकर्मीले नामसहित किताब प्रकाशित गर्ने बताउनुभयो।
रुपचन्द्र लाई बाचुन्जेल खोइरो खन्नेहरु बिष्टको मृत्यु पश्चात् वहाँ नै ठिक भनेर दौडिरहेको बताउदै रुदानेलाइ किम्बदन्ती बनाउनु भन्दा वहाँको पृष्ठभुमि ,सिद्धान्त ,रुदानेको त्याग र दर्शनलाई व्यापक गर्दै किम्बदन्ती हुने खतराबाट रोक्न सहकर्मिहरुलाइ आग्रह गर्नुभयो।वहाँले रुदानेको बारेमा दन्त्यकथा खालका हावाहुरी कुरा गर्नुभन्दा रुदानेको सिद्धान्त र पर्चाहरुलाइ बहसको रुपमालगि आमजनता सामु पुर्याउन स्थानीय सरकार र नया पुस्ताले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।रुपचन्द्र बिष्ट नेपालको इतिहासमा जनमुखी घोषणापत्र राखेर चुनाव लड्ने पहिलो नेता र आफ्नो चुनावी पर्चा बेचेर चुनाव जित्ने संसारको पहिलो नेता भएको दाबिगर्दै नेपालमा भएका कुनैपनी राजनीतिक दल र तिनका नेताहरुमा रुदानेको अलिकती सिद्धान्त पनि नपाइने ठोकुवा गर्नुभयो।२०४८ सालबाट आफुहरुले नै रुदानेको राजनिती सक्कायको स्विकार्दै ०३८ सालदेखी सुरु भएको थाहा आन्दोलनमा नयाँ पुस्ताको आगमनले आश जगाउने काम गरेको ले अब बृहत् छलफल को आबश्यकता रहेको औल्याउँदै थाहा दिवस मनाउने सन्दर्भमा पनि कसरी मनाउने भन्ने विषयमा पुराना र नयाँ पुस्ताबिच बहसको जरुरत रहेको बताउनुभयो।आफुले रुपचन्द्र बिष्ट र थाहा आन्दोलनको बारेमा प्रचारप्रसार गर्न पाउने भएपछि मात्र माओबादी केन्द्रमा प्रवेश गरेको भन्दै रुदाने र थाहा दर्शनको बारेमा बोल्न बन्देज गरे आफुले माओवादी नै छाडिदिने बताउनुभयो।
तेसै गरि अर्का वक्ता जनमुखी सहकर्मी ज्योती रायमाझीले रुदानेले उहिले देखेको सपना पुर्ण समानुपातिक निर्बाचन प्रणाली यो देशमा नहुन्जेल छाप्रे,महिला दलित,उत्पीडित र पिछडिएका बर्गको शासन ब्यबस्था नहुने बताउदै त्यसकालागी जनमुखी राजनिती र थाहा आन्दोलनको आबश्यकता रहेको बताउदै स्थानीय सरकारले रुपचन्द्र बिष्ट स्मृति प्रतिस्ठान स्थापना गरेर थाहा दर्शन र जनमुखी राजनितिको अध्यनकेन्द्र बनाइ नयाँ पुस्तामा रुदाने चिनाउन पहलगामी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
अर्का वक्ता जनमुखी सहकर्मी तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती ले जनमुखी राजनिती लाई ओथारो बसेर चल्ला कोरालेको स्थान थाहा नगर भएकोले यहाँका आम जनतामा अझैसम्म जनमुखी व्यबहार रहेको उल्लेख गर्दै २४ घण्टामा ५ मिनेट मात्रै पनि हामिले जनमुखी राजनीति र थाहा दर्शनको बारेमा चिन्तन ,अभ्यास गरेमात्र पनि हामिलाइ पुग्ने भयतापनी हामिहरुले त्यतिपनी गर्न नसकेको भन्दै थाहा दर्शनमा चिन्तन दिन आग्रह गर्नुभयो।देशमा ब्यबस्थाहरु पटकपटक फेरियको तर नीतिनिर्माता नफेरियको भन्दै टोपी फेरियो तर खप्पर फेरिन नसकेकोमा चिन्ता ब्यक्त गर्दै बहुदलीय ब्यबस्था बहुला ब्यबस्था भएकोले चोर डाका ,फटाहा हरुलाइ मन्त्री बनाउने ब्यबस्थानै खारेज गर्नुपर्ने भन्दै पद,आश्वासन ,पैसा मात्र चल्ने ब्यबस्था देशमा गणतन्त्र आएपछि पनि चलिरहेको भन्दै अब देशमा जनमुखी राजनिती र थाहा आन्दोलनलाई फैल्याउन सम्पूर्ण पार्टी भित्र रहेका आम जनमुखी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
आफ्नो पालिकामा जनमुखी कार्यहरु थाहा स्वास्थ बिमा,जनमुखी जनता आवास कार्यक्रम ,थाहा मार्ग ,जनमुखी स्वास्थ इकाई ,थाहा पुस्तकालय जस्ता कार्यक्रम संचालनमा ल्यायर रुदानेको व्यबहारलाई अलिकति भएपनी उतार्न सकिन्छ कि भनेर कोसिस गरेको बताउदै सबै नेता हरुलाइ रुदानेको सिद्धान्तलाई ब्यबहारमा उतार्न आग्रह गर्नुभयो।अर्का वक्ता बरिस्ठ पत्रकार प्रताप बिष्टले रुदानेको ब्याख्या गर्न असम्भव रहेको बताउदै रुपचन्द्र बिष्ट निस्ठा र त्यागको पर्याय रहेको बताउनुभयो।वहाले कथनी र करनी एउटै भएको रुपचन्द्र जस्तो नेता अब यो देशले पाउन असंभव रहेको बताउदै लोकतान्त्रिक अभ्यासको ज्वलन्त उदाहरण रुदाने भएकाले अहिलेका नेताहरुले वहाबाट पाठ सिक्नुपर्ने बताउदै थाहा नगरको पहिचानको रुपमा रुपचन्द्र बिष्ट लाई लैजानुपर्नेमा जोड दिनुभयो।थाहा अभियान्ता तथा डिभिजन बन कार्यालय राप्ती मनहरीका अधिकृत बिष्णु प्रसाद आचार्य ले आफू पाल्पामा रहदा आफुलाइ बनको हाकिम भन्दा थाहाको मान्छे भनेर चिनिदा गौरवको महसुस हुने गरेको स्मरण गर्दै आज एस कार्यक्रममा रुदानेको सालिकमा माला लगाइदै गर्दा कतै रुदाने फुत्त निक्लेर ए भाते! त पनि मलाई बर्षको दुईचोटि मात्र सम्झनेको मा मिसिन आइस?भनेर गाली गर्ने हुन कि भन्ने भान परेकोले रुदानेलाइ सम्झने हो भने केही देखिने जनमुखी काम गर्न आग्रह गरे।थाहा नगर सास्कृतिक सहर मात्र नभै दर्शन र राजनिती को पनि नगर भएकोले थाहा दर्शन र जनमुखी राजनितिलाइ पर्यटन मा जोडेर थाहा अध्ययन गर्ने थलोको रुपमा नगरलाइ बिकास गर्दै थाहा दर्शन सम्बन्धि कार्यक्रम देशका कुना कुनामा रहेका छाप्रे मजदुर माझ फैलाउन जोड दिदै आफुले पनि जनमुखी सामुदायिक बन भनेर रुदानेका कुरालाइ व्यबहारमा उतार्न प्रयास गरिरहेको बताउनुभयो।
तेसैगरी अर्का वक्ता थाहा नगर उद्योग बाणिज्य संघ का महासचिव सुरेन्द्रमान प्रधान ले रुदाने आफैमा एउटा व्यवहार र बिचार भएकोले नगरको नाम जस्तै रुदानेलाइ सामुहिक रुपमा थाहा आन्दोलन लाई अभियानको रुपमा फैलाउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रम बारे प्रस्टाउदै फरक सोचका अध्यक्ष तथा थाहा दिवस कार्यक्रम का संयोजक यादब रायमाझीले थाहा दर्शन लाई अर्को पुस्तामा पुर्याउन ,नयाँ पुस्तालाइ रुपचन्द्र बिष्ट को हो?भनेर चिनाउन थाहा दिवसको आयोजना गरेको बताउदै शालिक को भरमा मात्र रुदानेलाइ चिनाउन नसकिने बताउदै थाहा अध्ययन स्थान बनाउन सहयोग गर्न सम्पुर्ण मा आग्रह गर्नुहुदै कार्यक्रम मा उपस्थिति हरुलाइ धन्यवाद ब्यक्त गर्नुभयो।
कार्यक्रममा थाहा नगरका प्रमुख लबशेर बिष्ट ,जनमुखी सहकर्मी अमृत राजथला,नेपाली काङ्ग्रेस कि नेतृ राममाया खत्री लगायतकाले रुपचन्द्र बिष्ट र थाहा आन्दोलनको बारेमा आफ्नो मन्तब्य राखेका थिय ।
जनमुखी सहकर्मी तथा थाहा अभियान्ता अक्कल बहादुर केसि को सभापतित्वमा सम्पन्न कार्यक्रममा थाहा नगर भित्र रहेका संघ सस्था का प्रतिनिधि हरु ,प्राध्यापक ,सरकारी तथा बित्तिय सस्थाका प्रमुख ,जनप्रतिनिधि ,प्रहरी ,बुद्धिजीवी ,साहित्यकार,पत्रकार,राजनैतिक दलहरुका प्रतिनिधि ,र तिनका भातृ संघसंगठनका प्रतिनिधि लगायत आम जनताको उपस्थिती रहेको थियो।फरक सोचका मनोज रायमाझी ले संचालन गर्नुभयको कार्यक्रम लाई दामन एफ एम ले प्रत्यक्ष प्रसारण गरेको थियो।थाहा दिवसकै अबसरमा आयोजक फरक सोचले थाहा नगरको बज्रबाराहिमा अबस्थित ॐ अध्याय रिसोर्ट लाई पर्यटन क्षेत्र लाई पुर्यायको योगदान स्वरुप सामाजिक सम्मान प्रदान गर्यो भने दुई पत्रकार शान्तराम बिडारी र कृष्ण सारु मगरलाइ थाहा पत्रकारिता पुरस्कार बाट सम्मान गरियको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...