Monday, 20 May, 2024
अपडेट

रुदानेको १९औं स्मृतीदिवस मनाईदै
विकास घर शिखरकोटमा काब्य सम्मेलन

rf-page-001-1529562254.jpg
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै छ । स्मृतिका दिवसका अवसरमा विष्टको जन्मथलो मकवानपुरको पालुङ विकासघरमा राष्ट्रिय काव्य महात्सब गरि मनाईदै छ । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मेका विष्टको २०५६ साल असार ७ गते आजैका दिन काठमाण्ण्डुमा निधन भएको थियो । विष्टले २०२८ सालतिर मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने नाराका साथ विष्टले चलाएको भएको शिक्षा आन्दोलन व्यवहारमै लागू भएको मानिन्छ । त्यतिबेला छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था विष्टले ल्याएका थिए । सबै मानिसले थाहा पाउनुपर्छ भनेर आन्दोलन चलाएका भएका विष्टले निष्पक्ष–सक्रियताको–अभ्यास थाहा भन्ने सिद्धान्त नै प्रतिवादन गरेका थिए । त्यसैले उनलाई थाहा आन्दोलनका प्रणेताका रुपमा मानिने गरिएको छ । थाहा आन्दोलनका अगुवा स्वर्गिय रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर राष्ट्रिय काब्य सम्मेलन भईरहेको छ । दामन विकास घर शिखरकोटमा भईरहेको काब्य सम्मेलन थाहा नगरपालिका र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका साहित्यकारहरुको सहभागिता रहृेको पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले जानकारी दिनु भएको छ ।

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...