Monday, 29 Apr, 2024
अपडेट

रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)

bhukampa-1699069585.jpg

शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् ।

मृत्यु हुनेहरूमा आठविसकोट नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन् । 

त्यसै गरी सोही नगरपालिका वडा नम्बर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्बर १४ को वर्ष वासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ । 

भूकम्पमा परेर  पूर्वी रुकुम घर भई  आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडी चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भई कामको सिलसिलामा आएका वर्ष ४७ को खड्का वि.क. र वर्ष ३६ को अनिल वि.क.को पनि मृत्यु भएको छ । 

त्यसै गरी सानी भेरी गाउँपालिका वडा नम्बर १ चाइना बगर बस्ने वर्ष ३१ को धनवीर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २  परियार टोल बस्ने वर्ष १२ की मनीषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्बर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

शुक्रवार राती ११ः४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । गोरखापत्र 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...