pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रास्वपा,एमाले र काङ्ग्रेस परित्याग गरि ६० जना बढी माओवादीमा प्रवेश

FB_IMG_1722236058437-1722236076.jpg

हेटौंडा, साउन/ बिभिन्न राजनैतिक दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता/कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनिहरिलाई  स्वागत गरेको केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिए । गौतमका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सचिवालय सचिब भुवन खनाल, मकवानपुर क्षेत्र नं. १ उपसभापति जगदिश दाहाल, जिल्ला युवा समिति संयोजक दामोदर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का उपसभापति विकास श्रेष्ठ, पार्टी सदस्य राजु माझी, बिश्व गौतम्, नेपाली कांग्रेस सम्बद्ध निर्माण ब्यवशायी संघ मकवानपुर जिल्ला कोषाध्यक्ष उद्धव देबकोटा, ब्यवशायी बिनोद न्यौपाने, नेपाली कांग्रेस पार्टी सदस्य सुभाष लामिछाने, राजकुमार तामाङ, जसपा हेटौंडा उपमहानगर सदस्य भीमप्रसाद बिश्वकर्मा, नेकपा एमाले सम्वद्ध खेलकुद संगठनका बागमती प्रदेश कमिटी सदस्य किशोर श्रेष्ठ, स्वतन्त्र युवा विश्व गौतम र रोहित रिजाल लगायत ६० जनाभन्दा बढी रहेका छन् ।


कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य रमेश मल्ल, विजय गौतम, प्रल्हाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, पार्टी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान, बागमती प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ललित घलान, शुभरत्न गोले, सदस्यहरु लक्ष्मी माझी, रेखा पुलामी, सागर अर्याल लगायतको उपस्थिति रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg