jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल

1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका छन।
७ जेठमा थाहा नगरपालिकामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री ढकालले उक्त कुरा बताएका हुन।ढकालले थाहा नगरमा पार्टी स्थापना भएपछि संगठन बिस्तार हुन नसकेको प्रसंग निकाल्दै पुराना दल काङ्ग्रेस,एमाले,माओवादीमा  रहेर दिक्क भैसकेका हरुले रोज्ने पार्टी रास्वपा भएको बताउदै उनिहरुको त्याग लाई पनि भुल्न नहुने बताउदै पार्टीमा राम्रो लाई मात्र छान्ने कि,छानेर राम्रो रोज्ने?भन्ने बिषय प्रवेश गरेको बताउदै पार्टीलाई व्यवस्थित गर्नको लागि तल्लो तह सम्मको पार्टी कार्यकर्ताको सुझाव संकलन गर्ने कार्य भैरहेको बताए।
रास्वपा थाहा नगर सभापति जयराम खत्रीको उपस्तिथिमा होटल फ्यामली पेट्रोल पम्प चोकमा भएको कार्यक्रममा पार्टी सदस्यहरुले आफ्नो पार्टी सरकारमा हुँदा समेत थाहा नगरपालिकाको समस्या सम्बोधन नभएकोले संगठन बिस्तारमा समस्या रहेको औल्याउँदै पार्टी सभापति रवि लामिछानेको कारणले पार्टी प्रतिको जनबिश्वास गुम्दै गैरहेकोमा नेतृत्वलाई सचेत गराएका थिए।
भेटघाट तथा अन्तरक्रिया उपलब्धि मुलक रहेको र आगामी दिनमा थाहा नगरपालिका भित्र रास्वपा कसरी अगाडि बढ्ने भन्ने बिषय र थाहा नगरपालिकाको बिकासको लागि समसामयिक बिषयमा पार्टी केन्द्रिय समितिमा धारणा पठाइएको रास्वपाको र्‍यापिड एक्सन टिम (र्‍याट)का बागमती प्रदेश सदस्य राजकुमार कार्कीले जानकारी दिए।

भेटघाट कार्यक्रममा रास्वपा थाहा नगरकमिटी सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

1716221638785-1716221668.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...