Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रविनले सुरु गरे एजेण्डा सहितको घरदैलो अभियान

1732201425738-1732201457.jpg

मकवानपुर, ०६ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले घरदैलो अभियान सुरु गरेका छन् ।
बिहीबार बिहान हेटौंडा १२ को हात्तीगौंडाबाट घरदैलो अभियान सुरु गरिएको उपनिर्वाचन कमाण्डर बीरबहादुर घलान ‘ज्वाला’ले बताए ।
स्थानीय वडाबासीसंग समग्र वडाको विकासका लागि अन्तरक्रियासंगै मत र आशिर्वाद लिन घरदैलो अभियान गरिएको वडाध्यक्ष पदका उम्मेद्वार प्रधानले बताए ।
उम्मेद्वार प्रधान आफ्ना बिभिन्न एजेण्डासहित घरदैलोमा होमिएका छन् ।
प्रधानका कक्षा १२ सम्म निशुल्कसहित प्राविधिक शिक्षालय स्थापनामा जोड दिई उच्च शिक्षामा छात्रबृत्तिको प्रवन्धसहित पहँुच विस्तार गर्ने, सहज, सर्वसुलभ तथा गुणस्तरीय रुपमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुति गराउने र वडा भित्रको एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, युवा तथा महिलाहरुमा उद्यमशिलताको विकास गरी आत्मनिर्भर बनाउन तथा एकघर एक रोजगारलाई अभियानका रुपमा सञ्चालन गर्ने, वडामा औधोगिक वातावरण निर्माण गरी उद्योग स्थापनाको लागि समन्वयात्मक पहल गर्न लगायतका एजेण्डाहरु रहेका छन् ।
त्यस्तै वडा भित्रको सडक सञ्जालको स्तरोन्नति तथा स्ल्याब ढलान, पिच लगायतको कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाउने, आधुनिक ब्यवस्थित नगर विकासको अवधारणमा आधारित विकास मोडल अगाडि बढाउने, वडाका धार्मिक स्थलहरु गुम्बा, मन्दिर, चर्चको स्तरेन्नति गर्ने, स्तरीय खेल मैदान, ब्यवस्थित चिल्ड्रेनपार्क एवम् पिकनिक स्थलहरु निर्माण गर्ने प्रधानका योजना रहेका छन् । 
साथै उम्मेद्वार प्रधानका कृषिमा आधुनिकीकरण गरि ब्यवशायिक कृषिमा वडाबासीलाई आकर्षित गर्न माटोको उर्वराशक्तिको विकास गराई उन्नत पशुपालनमा नश्ल सुधारको कार्यक्रम सञ्चालन गर्ने, स्वच्छ खानेपानी र सिंचाईको प्रवन्ध गर्न, भूमिहिनका लागि जग्गाधनी प्रमाणपुर्जाको लागि पहल गर्ने, लक्षित बर्गका लागि निशुल्क स्वास्थ्य बिमा र शिक्षाको ब्यवस्था गर्ने, वडाको सेवा प्रवाहलाई नागरिकमैत्री, सुशासनयुक्त तथा प्रभावकारी बनाउने, वडामा सञ्चालनमा रहेका राम्रा कामहरुलाई निरन्तरता दिई पूर्णता दिने लगायतका एजेण्डाहरु रहेका छन् ।
वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासका लागि चयन गरिएका एजेण्डाहरु वडाका सम्पूर्ण नागरिकको एजेण्डा भएको र उक्त एजेण्डाहरु कार्यान्वयन सम्पूर्ण वडाबासीहरुको सल्लाह, सुझाव अनुसार गरिने बताए ।
आफु सधै वडाको विकासको लागि प्रतिबद्ध भएकोले विकास निर्माण र योजना छनोटमा सबै राजनीतिक दलहरुसंग समन्वय गरेर अगाडि बढ्ने उम्मेद्वार प्रधानले बताए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg