Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रविनले सुरु गरे एजेण्डा सहितको घरदैलो अभियान

1732201425738-1732201457.jpg

मकवानपुर, ०६ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले घरदैलो अभियान सुरु गरेका छन् ।
बिहीबार बिहान हेटौंडा १२ को हात्तीगौंडाबाट घरदैलो अभियान सुरु गरिएको उपनिर्वाचन कमाण्डर बीरबहादुर घलान ‘ज्वाला’ले बताए ।
स्थानीय वडाबासीसंग समग्र वडाको विकासका लागि अन्तरक्रियासंगै मत र आशिर्वाद लिन घरदैलो अभियान गरिएको वडाध्यक्ष पदका उम्मेद्वार प्रधानले बताए ।
उम्मेद्वार प्रधान आफ्ना बिभिन्न एजेण्डासहित घरदैलोमा होमिएका छन् ।
प्रधानका कक्षा १२ सम्म निशुल्कसहित प्राविधिक शिक्षालय स्थापनामा जोड दिई उच्च शिक्षामा छात्रबृत्तिको प्रवन्धसहित पहँुच विस्तार गर्ने, सहज, सर्वसुलभ तथा गुणस्तरीय रुपमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुति गराउने र वडा भित्रको एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, युवा तथा महिलाहरुमा उद्यमशिलताको विकास गरी आत्मनिर्भर बनाउन तथा एकघर एक रोजगारलाई अभियानका रुपमा सञ्चालन गर्ने, वडामा औधोगिक वातावरण निर्माण गरी उद्योग स्थापनाको लागि समन्वयात्मक पहल गर्न लगायतका एजेण्डाहरु रहेका छन् ।
त्यस्तै वडा भित्रको सडक सञ्जालको स्तरोन्नति तथा स्ल्याब ढलान, पिच लगायतको कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाउने, आधुनिक ब्यवस्थित नगर विकासको अवधारणमा आधारित विकास मोडल अगाडि बढाउने, वडाका धार्मिक स्थलहरु गुम्बा, मन्दिर, चर्चको स्तरेन्नति गर्ने, स्तरीय खेल मैदान, ब्यवस्थित चिल्ड्रेनपार्क एवम् पिकनिक स्थलहरु निर्माण गर्ने प्रधानका योजना रहेका छन् । 
साथै उम्मेद्वार प्रधानका कृषिमा आधुनिकीकरण गरि ब्यवशायिक कृषिमा वडाबासीलाई आकर्षित गर्न माटोको उर्वराशक्तिको विकास गराई उन्नत पशुपालनमा नश्ल सुधारको कार्यक्रम सञ्चालन गर्ने, स्वच्छ खानेपानी र सिंचाईको प्रवन्ध गर्न, भूमिहिनका लागि जग्गाधनी प्रमाणपुर्जाको लागि पहल गर्ने, लक्षित बर्गका लागि निशुल्क स्वास्थ्य बिमा र शिक्षाको ब्यवस्था गर्ने, वडाको सेवा प्रवाहलाई नागरिकमैत्री, सुशासनयुक्त तथा प्रभावकारी बनाउने, वडामा सञ्चालनमा रहेका राम्रा कामहरुलाई निरन्तरता दिई पूर्णता दिने लगायतका एजेण्डाहरु रहेका छन् ।
वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासका लागि चयन गरिएका एजेण्डाहरु वडाका सम्पूर्ण नागरिकको एजेण्डा भएको र उक्त एजेण्डाहरु कार्यान्वयन सम्पूर्ण वडाबासीहरुको सल्लाह, सुझाव अनुसार गरिने बताए ।
आफु सधै वडाको विकासको लागि प्रतिबद्ध भएकोले विकास निर्माण र योजना छनोटमा सबै राजनीतिक दलहरुसंग समन्वय गरेर अगाडि बढ्ने उम्मेद्वार प्रधानले बताए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg