pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

"यु आर नाइस लेडि"तपाईंको थुतुनो ठिक छैन:-केशव स्थापीत

Screenshot_20220428-19060-1651152152.png

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहाबारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्।

कार्यक्रममा सहभागी भावना राउतले 'मीटु'बारे प्रश्न गर्दा स्थापितले ‘युआर नाइस लेडी, तपाइँको थुतुनो ठीक छैन’ भन्दै जवाफ फर्काएका थिए।
भावनाले भनेकी थिइन्, ‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा राख्नुहुन्छ भने 'मीटु'बारे जवाफ दिनुपर्छ। होइन अहिले यो कुरामा नबोलौ, नभनौं भनेर भएन। किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन।’
स्थापितले जवाफ दिँदै भने, ‘जसलाई आरोप लगायो, त्यसलाई हामीले महारानी भन्थ्यौं। हामीले प्रमाण मागेका थियौं। २५ वर्षसम्म दबाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन। म चुप्प लागेर बस्ने? म जतिको मान्छेलाई आरोप लगाउने? तपाइँहरुले जवाफ दिनुपर्‍यो। ह्वाट इज द प्रुफ? यूआर नाइस लेडी तपाँको थुतुनो ठीक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’ 
प्रश्नकर्ताले स्थापितलाई बोल्ने शैली ठीक नभएको जवाफ फर्काएकी थिइन्। 'तपाइँले के बोल्नुभएको यस्तो? तपाइँले के शब्द प्रयोग गर्नुभएको? तपाइँ पब्लिक फोरममा हुनुहुन्छ। तपाइँको जवाफ दिने दायित्व हो।'
उनले प्रमाणसहित प्रश्न गर्न आग्रह गर्दै पत्रिकाको भरमा आरोप नलाउन आग्रह गरे। ‘के आधारमा प्रश्न गर्नुभयो बहिनीले? पेपरको भरमा आरोप लगाउने? यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ?  दीस इज भेरी ब्याड।’
केशव स्थापित जंगिन थालेपछि कार्यक्रम सञ्चालकले रोक्ने प्रयास गरेका थिए। समिक्षा बाँस्कोटा स्वयंले पनि स्थापितलाई आश्वास्त पार्न खोजेकी थिइन्। 
स्थापितको जवाफपछि दिक्क भएका राउतले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘एमालेका महिला सांसद अधिकारकर्मीहरु, विन्ती अब महिला हकहितका लागि भन्दै सडक नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दुर्घटना निम्त्याएको छ।’

अन्नपूर्ण मिडिया 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...