Friday, 17 May, 2024
अपडेट

युवा समिति मकवानपुरले संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आबश्यक समन्वय र सहजीकरण गर्ने

196509984_468854900842033-1622805956.jpg

 कोरोना संक्रमित बालबालिका, युवा, गर्भवती महिला, शारीरिक अपांगता भएका र जेष्ठ नागरिकको समस्यालाई समाधान गर्नको लागि जिल्ला युवा समिति मकवानपुरले आबश्यक समन्वय र सहजीकरण गर्ने भएको छ । मकवानपुर जिल्लामा कोभिड १९ को प्रकोप न्युनिकरण, नियन्त्रण, उपचार र अत्यावश्यक सामाग्रीको उपलब्धताका बारेमा सेवा लिने दिने र विभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरि आबस्यक पहल गर्न जिल्ला युवा समितीद्वारा गठित कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले उच्च जोखिममा रहेका कोरोना संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आबश्यक समन्वय र सहजीकरण गर्ने भएको हो ।

विभिन्न कारणले घरमा आइसोलेसनमा बस्न अप्ठ्यारो भएका कोरोना संक्रमितलाई गौरिटार आइसोलेसनमा पुर्याउन र संक्रमितका समस्याहरुको समाधानको लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्ने र जिल्ला युवा समितीको कार्यालयले यसको सहजीकरण गर्ने जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले जिल्लामा कोरोना संक्रमित बिरामीको चाप कम भएको देखिएता पनि अबस्था अझै जटिल रहेको बताउनुभयो । उहाले कोरोनाको लक्षण देखिनै बित्तिकै टेस्ट गर्न र होम आइसोलनमा बसेका उच्च जोखिम रहेका कोरोना संक्रमितहरुलाइ अस्पतालमा भर्ना हुनको लागि सहजीकरण गर्न जिल्ला युवा समितिलाइ आग्रह गर्नुभयो ।उहाँले ग्रामिण क्षेत्रमा संक्रमणको दरमा उच्च वृद्धि भैरहेकोले स्थितिलाइ भयावह हुन नदिन सबै सचेत र सुरक्षित हुन आग्रह समेत गर्नुभयो । गैसस महासंघ मकवानपुरकि उपाध्यक्ष रमिला सापकोटाले संक्रमितले अझै आबस्यकता परेको बेलामा एम्बुलेन्स नपाउने लगायतका धेरै समस्याहरु रहेकाले यसको समाधानको लागि केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले कोरोना महामारीमा बालबालिका र महिला सबैभन्दा समस्यामा पर्ने भएकाले उनीहरुको वास्तविक अवस्थाको विश्लेषण गरि राहत र उद्धारमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । बैठकमा नेफ् स्कुन फिल्ड कार्यालय हेटौंडाकि प्रमुख ज्योती महत, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका रामजी खतिवडा, युवा संघस्ंस्थाको तर्फबाट राजेश नगरकोटी, पुष्कर तिमल्सिना र अभि मैनालीले धारणा राख्नुभएको थियो । बैठक जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहालको अध्यक्षत एवं जिसस प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको हो

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...