pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

युवा सङ्घ र दुर्गा प्रसाईं समर्थकको प्रदर्शन आज - उपत्यकामा एकीकृत सुरक्षा योजना लागु

prasai-1700706117.jpg

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले आयोजना गर्न लागेका छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । 

बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले दुई समूहको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो । एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायलाई परिचालन र तयारी अवस्थामा राखिने छ । 

तीन जिल्लाका सुरक्षा निकायलाई परिचालन गर्ने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षाकर्मी तैनाथ राख्ने जनाएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा कमान्ड विशेष सेल गठन गरेको छ । जसमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक तथा नेपाली सेनाका अधिकारीको समेत सहभागिता रहने छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्थापनको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखबाट हुने छ । 

प्रदर्शनको सुरक्षालाई थप बलियो बनाउन प्रहरीले प्रदर्शन हुने आसपासका सिसी क्यामरा र ड्रोनबाट समेत निगरानी गर्ने तयारी गरेको छ । यसै गरी प्रदर्शनका बेला सवारी आवतजावत जाम हुन सक्ने भएकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । प्रदर्शन स्थल आसपासमा सवारी आवागमनलाई सहज बनाउन झन्डै एक हजार ट्राफिक प्रहरीलाई प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी भएको छ । विशेष सूचना सङ्कलनका प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयमातहतका अन्य निकायबाट गरी पाँच सयभन्दा बढी सादा पोसाकमा प्रहरी परिचालन गरिने छ ।

उपत्यकाको शान्ति सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले माइतीघर, प्रधानमन्त्री निवास बालुवाटार, दरबारमार्ग, केशरमहल, शीतल निवास, नयाँ बानेश्वर ललितपुरको पुल्चोकलगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...