pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

यसपटक पनि थाहाका जनताले गठबन्धनका उम्मेवारलाई विश्वास गर्छन् : मेयरका उम्मेदवार बिष्ट

Screenshot_20220503-19293-1651585646.png

२० बैशाख/स्थानिय तह निर्वाचान नजिकिँदै गर्दा थाहा नगरपालिकामा सत्ता गठबन्धनले प्रचारप्रसारलाई तिब्रता दिइरहेको छ । 

थाहा नगरपालिकाका प्रमुख पदका उम्मेदवार बिष्णु बिष्टले  २०७४ को निर्वाचनामा माओवादी र काँग्रेसका उम्मेवारहरु मेयर उपमेयर निर्वाचित भएपछि जनताका समस्या समाधान र नगरको विकासलाई तिब्रता दिइएका कारण यसपटक पनि जनताले आफुहरुलाई विश्वास गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

थाहा नगरमा गठबन्धन अन्तरगत माओवादी केन्द्रबाट नगर प्रमुख (मेयर) पदमा विष्णु बिष्ट 'आदर्श' र नेपाली काँग्रेसबाट उपप्रमुख (उपमेयर) पदमा भरत गोपाली उम्मेदवार बनेका छन् ।

१२ नम्बर वडा बाहेकका वडामा गठबन्धन नभएपछि मेयर, उपमेयरका लागि दलिय गठबन्धनले मत मागिरहेको उपमेयरका उम्मेदवार गोपाली बताउनुभयो । ‘वडागत अवस्थामा १२ नम्बरबाहेक कुनै पनि वडामा गठबन्धन भएको छैन, ११ वटा वडामा एक्लाएक्लै चुनावी मैदानमा होमिए पनि गठबन्धनमा रहेका सबै दलले मेयर र उपमेयरका लागि प्रचारप्रसारसँगै मत मागिरहेका छन् ।’ गोपालीले भने, ‘यहाँ गठबन्धनको प्रचारप्रसार उत्साहजनक छ ।’


थाहामा यसअघि २०७४ मा पनि माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन भएको थियो । माओवादीबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा काँग्रेसबाट खड्ग गोपाली निर्वाचित भएका थिए ।

पाँच दलिय संयुक्त गठबन्धनमा पनि यसपटक माओवादी केन्द्रको मेयर र काँग्रेसको उपमेयर उम्मेदवार हुने गरी थाहा नगरमा तालमेल गर्दा जितका लागि सहज भएको मेयरका उम्मेदवार बिष्णु बिष्टले बताउनुभयो । उहाँले घरदैलो कार्यक्रममा जनतामा गठबन्धनको प्रतिबद्धता पुर्‍याउने र जनताका समस्यालाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसारमा जुटेको जानकारी दिनुभयो । हामी मेयर, उपमेयरका उम्मेदवार दुबै संयुक्त प्रचारप्रसारमा लागि रहेको र वडावडामा रुपमा जनताको उत्साहजनक सहभागिता भएको बताउनुभयो ।

पर्यटकीय नगरीको रुपमा देशभर परिचित थाहामा पर्यटकीय विकाससँगै अधिकांश जनता कृषिसँग जोडिएकोले आधुनिक कृषिमा जोड दिने समेत प्रमुखका उम्मेदवार विष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...