pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन गठबन्धन बनेको हो” - गौतम

1651573358549-1651573495.jpg

बकैया, मकवानपुर 
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले कॅाग्रेस, माओवादी लगायतको गठबन्धन चुनाव आएपछि नभई मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन बनेको गठबन्धन भएकोले आसन्न निर्वाचनमा यसको महत्व र चर्चा बढेको बताएका छन्। 
आज बकैयाको धनेश्वर पार्कमा आयोजित गॅाउपालिका स्तरीय कॅाग्रेस, माओवादी केन्द्रको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता गौतमले भने, “प्रतिगमनका मतियारहरुलाई हिजो सडकबाट जवाफ दियौं र पछार्यौं अब आज चुनावबाट पनि जवाफ दिएर पछार्नु पर्ने छ ।” 
कार्यक्रमका विशिष्ट अतिथीद्वय अध्यक्षका उम्मेद्वार धर्मराज लामिछाने र उपाध्यक्षका उम्मेद्वार भक्तबहादुर खत्रीले दुवै दलका नेता, कार्यकर्ता गठबन्धनको भावना अनुरुप एकताबद्ध भएर प्रस्तुत हुन आग्रह गरेका थिए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की प्रदेश कमिटी सदस्य लक्ष्मी माझीले गठबन्धनको जीत सुनिश्चत रहेको र कति अन्तरले जित्ने भन्ने हिसाब मात्र रहेको बताईन। 
त्यसैगरी नेपाली कॅाग्रेसको जिल्ला सह-सचिव ताराराज बजगॅाईले बकैयामा गठबन्धनले क्लिनस्विप जित हासिल गर्ने दावि गरे। 
त्यस्तै नेपाली कॅाग्रेसका क्षेत्रीय सभापति एवं गॅाउपालिका अध्यक्ष दामोदर खनालले गठबन्धनको भावना भन्दा दॅाया बॅाया गर्ने छुट कसैलाई नरहेको बताए। 
त्यसैगरी माओवादी केन्द्रका जिल्ला सदस्य लोकनाथ गौतमले गठबन्धनको महत्व जनताले पनि बुझेको दावी गरे भने नेपाली कॅाग्रेसका क्षेत्रीय सचिव भूमिनन्द गौतमले मतदाता शिक्षामा जोड दिन नेता, कार्यकर्तालाई आग्रह गरे। 
भेलामा नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रिन, जीवन गोले, जिल्ला नेताहरु परशुराम गौतम, रामहरी गौतम, अमर स्यांतान त्यसैगरी नेपाली कॅाग्रेसका नेताहरु रामशरण माझी, भमिनन्द गौतम, सेतेमान बल लगायतको उपस्थिति रहेको थियो। 
भेलाको अध्यक्षता नेपाली कॅाग्रेसका बकैया सभापति दिलबहादुर घिसिंगले गरेका थिए। 
गठबन्धनको तर्फबाट बकैयाको अध्यक्षमा नेपाली कॅाग्रेसका जिल्ला उपसभापति धर्मराज लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य एवं बकैया गॅाउपार्टी अध्यक्ष भक्तबहादुर खत्री उम्मेद्वार भएका छन्। बकैयाको १२ वटा वडा मध्ये वडा नं. १० र १२ गठबन्धन बनाए पनि बॅाकीमा भने स्वस्थ प्रतिष्पर्धा रहने नेकपा (माओवादी केन्द्र)का गॅाउ कमिटी सचिव विमल नेपालले बताए।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...