Wednesday, 24 Apr, 2024
अपडेट

मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिर देखाउँदै क्यानेडियन नागरिक लियो

FB_IMG_1678415228020-1678415256.jpg

थानकोट ।प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ ।

चैत्र ३ गते शुक्रबार काठमाडाैंको चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरि क्यानेडियन नागरिक लियो गाैलेटले सन् १९७३ ताका चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा कैद गर्नुभएका तस्बिरहरूको समावेश हुने बताइएको छ ।

लियो पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहित एक दिने फोटो प्रदर्शनी कार्यक्रम आयोजनाको तयारी भइरहेको कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरहरूसमेत समावेश हुनेछ । माथवरसिंह थापाका पालामा वि.संं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्रहरू पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताउनुभयो

 

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो ।

प्रदर्शनीमा राखिने १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।

५ दशक अघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रल्हाद रिजालले बताउनुभयो ।

प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।थानकोट टाइम्स।


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...