Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिर देखाउँदै क्यानेडियन नागरिक लियो

FB_IMG_1678415228020-1678415256.jpg

थानकोट ।प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ ।

चैत्र ३ गते शुक्रबार काठमाडाैंको चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरि क्यानेडियन नागरिक लियो गाैलेटले सन् १९७३ ताका चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा कैद गर्नुभएका तस्बिरहरूको समावेश हुने बताइएको छ ।

लियो पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहित एक दिने फोटो प्रदर्शनी कार्यक्रम आयोजनाको तयारी भइरहेको कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरहरूसमेत समावेश हुनेछ । माथवरसिंह थापाका पालामा वि.संं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्रहरू पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताउनुभयो

 

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो ।

प्रदर्शनीमा राखिने १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।

५ दशक अघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रल्हाद रिजालले बताउनुभयो ।

प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।थानकोट टाइम्स।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...