Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

माघे संक्रान्तिमा तरुल,स्वदेशी उत्पादनले बजार धान्दै

yam-1610525441.jpg

माघे संक्रान्तिमा सबैभन्दा बढी विक्रि हुने तरुल यस वर्ष स्वदेशी उत्पादनले नै बजार धान्ने भएको छ । तरुल मात्र नभई अन्य पींडालु, चाकु लगायत माघे संक्रान्तिका दिन चाहिने वस्तु स्वदेशी उत्पादनले नै पुग्ने व्यवसायीहरुले बताएका छन् ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पींडालु, चाकु, घिउ, तिलौरी लगायत खाने गरिन्छ । विशेष गरि तरुल पुष सकिने राति पकाएर माघे संक्रान्तिको विहान खाने प्रचलन रहेको छ । जसले गर्दा पुषमा पाके माघमा खाके पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडि देखि नै तरुल, पींडालू, सखरखण्ड, चाकु, स्कुसका जराहरुको माग बढी हुने गरेको छ । यस्ता वस्तुहरु यो बेला बिक्री भए जसरी अन्य समयमा हुँदैनन् । तर अहिले बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायीहरुले बताएका छन् ।

संक्रान्तिमा अनिवार्य जस्तो खाने गरिएको तरुल कालीमाटी तरकारी बजार तथा उपत्यकाका अन्य तरकारी बजारमा धमाधम बिक्री भइरहेको छ । बजारमा उपभोक्ताले स्वदेशी उत्पादन नै मन पराउने भएकाले स्वदेशी उत्पादनकै बिक्री उच्च रहेको व्यवसायीहरुले बताएका छन् । अहिले उपत्यकाका तरकारी बजार तथा विभिन्न चोकहरुमा एक सातादेखि नै तरुल लगायतका वस्तुको खरिदबिक्री भइरहेकाले भिडभाड पनि बढेको छ ।

आज पुषको अन्तिम दिन भएकाले यसपटकको संक्रान्तिलाई लक्षित तरुल भित्रिएर बिक्री वितरण सकिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्त्ता विनय श्रेष्ठले बताए । उनका अनुसार कालीमाटीमा होलसेल मात्रै बिक्री हुने भएकाले तरुलको स्टक सकिन लागेको छ । कालीमाटी तरकारी बजारमा तरुल सबैभन्दा धेरै सर्लाहीबाट भित्रिने गरेको प्रवक्त्ता श्रेष्ठले बताए । कालीमाटी तरकारी बजारमा संक्रान्तिका लागि सर्लाहीबाट ४७ प्रतिशत, सुनसरीबाट १३, धादिङबाट १३, नवलपरासीबाट ४, मकवानपुरबाट ३, चितवनबाट ४ प्रतिशत र बाँकी अन्य जिल्लाबाट उपत्यका भित्रिने गरेको छ । ९६ प्रतिशत स्वदेशी उत्पादन र ४ प्रतिशत भारतबाट तरुल आयात हुने गरेको श्रेष्ठले बताए ।

कालीमाटीमा संक्रान्तिका लागि हात्तीपाइले, सेतो, पानी, वन, सिमल तरुल, घर, पातले र रातो लगायतका तरुल आउने गरेको छ । नेपाली बजारमा आयातित भन्दा स्वदेशी तरुलको माग धेरै छ । नेपाली तरुलको स्वाद मिठो भएकाले भारतीय भन्दा महंगो पर्न जान्छ । सेतो तरुल प्रतिकेजी ६० रुपैयाँमा पाइने भएकाले बढी बिक्री हुने गरेको छ ।

यस वर्ष खुद्रा बजारमा तरुल प्रतिकेजी ५५ देखि ११० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकेजी ५० रुपैयाँदेखि १ सय २ रुपैयाँसम्ममा बिक्री भएको थियो । तरुल विभिन्न किसिमका हुने भएकाले मूल्य पनि फरक फरक रहेको कालीमाटी बजारले जनाएको छ । कालीमाटी बजारमा गत साउनदेखि अहिलेसम्म करिब १२ सय ८ टन तरुल आइसकेको छ ।

पुष महिनामा मात्र १ हजार ५५ टन तरुल आयात भएको छ । गत वर्ष १ हजार ५ सय ४५ टन तरुल आएको थियो । यस वर्ष पनि यही हाराहारीमा आउने कालीमाटी बजारको अनुमान छ । गत वर्ष पुस महिनामा मात्रै करिब १३ सय टन तरुल भित्रिएको थियो ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...