Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठक सम्पन्न

FB_IMG_1724992402474-1724992473.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक बिहिवार सम्पन्न भएको छ । 
नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरेको छ।
 बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएको दावी गर्नुहुँदै अहिलेको सरकारले आन्दोलन बाट प्राप्त उपलब्धि हरु मास्न लागिपरेको बताउदै  बिकास र समृद्धिको लागि र प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट भएर लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। 
बिस्तारित बैठकले असोज महिना भित्रमा सदस्यता  नविकरण सकाउने,कार्तिक महिना भित्रमा जन वर्गीय संगठन ,मोर्चाको बैठक,भेला,सम्मेलन,अधिवेशन सम्पन्न गर्ने र भाद्र महिनाको अन्तिम हप्तामा २ दिने राजनैतिक,बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिनुभयो।
थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद कुमारी मोक्तान ,नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिजय गौतम  बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज लवशेर बिष्ट, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी,बिनायक गोले  लगायत जनवर्गीय संघसंगठनका प्रमुख  तथा वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो।
बैठकले नगर कमिटीमा सदस्यमा सुजन लामालाई मनोनित गर्ने निर्णय गरेको नगरकमिटी सचिब लक्ष्मण बिष्टले बताउनुभयो ।

सुजन लामाको नेतृत्वमा नेसपा समाजवादी पार्टिबाट  बिद्रोह गरि आउनेहरुलाई माओवादी केन्द्रमा समाहित गरिएको हो।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg