pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र थाहानगर सम्मेलन -: उद्घाटन सक्कियो ,बन्दसत्र जारी ।

नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनको उद्घाटन सत्र सक्कियको छ।नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य लीलामणि पोखरेलले उद्घाटन गर्नुभएको सम्मेलन नगर अध्यक्ष अरुण रायमाझी को सभाअध्यक्षता मा सम्पन्न भयो।उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार परिषद सदस्य रामनारायण बिडारी ,नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा प्रदेस साम्सद प्रेम बहादुर पुलामी छिन्तु,माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ,केन्द्रिय सल्लाहकार परिषद सदस्य भुबन प्रकाश बिष्ट ,प्रदेश सदस्य बिस्णु बिष्ट आदर्श ,जसपा बागमती प्रदेश सदस्य ज्योती रायमाझी ,जसपा बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,थाहा नगर प्रमुख,लबशेर बिष्ट ,माओबादी जिल्ला सदस्य सरोज कुमार खनाल,नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,नेपाली काङ्ग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी ,एकीकृत समाजबादी बागमती प्रदेश सदस्य कल्याण बिक्रम घलान,जसपा का बागमती प्रदेश सदस्य धुर्ब राज ढकाल लगायत का अतिथिहरुको उपस्थिति रहेको थियो।                       उद्घाटन सत्रलाइ शुभकामना दिनुहुदै नेकपा एमाले का नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ले सम्मेलन ले जुझारु नेतृत्व चयन गर्ने आश राख्दै शुभकामना दिनुभयो।तेसै गरि आजै पार्टी प्रवेश गर्नुभएको जसपा नेता ज्योति रायमाझीले पद र प्रतिस्ठा भन्दा बिचार ठूलो हुनेभएकोले लाभको पदभन्दा बिचारको राजनिती गर्न आग्रह गर्दै,राजनीतिमा तारबार लगाएर नहुने भन्दै पुरानै घरमा फर्कदा आनन्द आएको बताउनुभयो।                                                       तेसैगरी शुभकामना मन्तव्य दिनुहुदै माओवादी केन्द्रका सल्लाहकार परिषद सदस्य भुबन प्रकाश बिस्टले उर्जाशिल ब्यक्तिहरुले नै पार्टी हाक्ने भएकोले योजनाबद्ध तरिका र दस्तावेजमा आधारित भएर पार्टी चलाउन र बिकास निर्माणमा पनि पार्टी लाई जोड्दै लैजान नया नेतृत्व लाई शुभकामना दिनुभयो।अर्का अतिथि प्रेम बहादुर पुलामी छिन्तुले समाजबादी ब्यबस्था ल्याउने अभियानमा माओबादी लागेको ले कमल थापा जस्ता तत्व सङ मिलेर ओलि ले नेपाली कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको र तेस्लाइ परास्त गर्न माओवादी को नेतृत्व को खाचो रहेको औल्याउँनुभयो।तेसैगरी शुभकामना दिनुहुदै सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ले अब बन्ने नगरको नयाँ नेतृत्व ले पार्टी लाई नया ढंगले लान सकोस भनेर शुभकामना दिनुभयो।शुभकामना दिदै अर्का अतिथि रामनारायण बिडारीले थाहा का जनतानै जनमुखी भएको बताउदै ,माओवादी को नेतृत्वमा आएको उपलब्धि लाई जनतामाझ लैजान युवा ,महिला,किसान,विद्यार्थी अगाडि बढ्नुपर्ने बताउदै नयाँ नेतृत्व समाबेशी बनाउन शुभकामना दिनुभयो।                                                           प्रमुख अतिथि लीलामणि पोखरेलले पहिलो संविधानसभा बाट देसकै ठुलो पार्टी बन्दा पनि त्यो उपलब्धि को रक्षा गर्न नसकेको स्विकार्दै ,माओबादिले खोजेको ब्यबस्था अझै आइनसकेको ले तेस्को लागि अर्को आन्दोलन को खाचो रहेको बताउनुभयो।साथै वहाले सासकिय स्वरुप परिवर्तन नहुन्जेल को लागि माओवादी ले संविधान सङ सम्झौता गरेको बताउनुभयो।                                  अहिले जेसिज हल मा बन्दसत्रको कार्यक्रम हुँदै छ भने सत्र ले ६५ सदस्यीय नगरकमिटी चुन्ने निर्बाचन कमिटी का सदस्य निरन्जन अधिकारी ले बताउनुभयो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg