himalen-2083-1778725505.jpg
Thursday, 25 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादीको सुशासन अभियान कसैले मेटाउन सक्दैन: प्रचण्ड

inbound652807946516901499-1729956618.jpg

काठमाण्डौ, १० कात्तिक/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए । प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा माओवादीले थालेको अभियान नेपालकै पहिलो रेकर्ड भएको बताए ।

हाल देशका दलाल, भ्रष्ट र बिचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठुलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एक पटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै प्रचण्डले जनताको हक अधिकारका लागि आफू निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जोगाउनु अर्को चुनौती रहेको उल्लेख गरे ।

प्रचान्डले आवश्यक परे मुलुकको समृद्धिकोलागि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट आफूमा रहेको समेत बताए ।

उनले एउटा नयाँ अभियान मार्फत हालको उपलब्धि रक्षा गर्दै अझै उन्नत व्यवस्था ल्याउन चाहेको बताए । अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म भ्रष्टाचार रोक्न नसक्ने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने बताए ।

जनहित बिपरितका काम नगर्न सकारलाई खबरदारीगर्न आयोजित सभामा अध्यक्ष प्रचण्डले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति, उपत्यका बिशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समितिको संयुक्तरुपमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी पनि दिए ।
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै प्रचण्डले सरकारलाई सच्याउन आग्रह गरे । सरकारले सुशासनको बिरुद्ध गरेका गतिबिधि नसच्याए संसद् र सडकमा त्यसको अकल्पनीय प्रतिरोध गरिने बताए ।
अध्यक्ष प्रचण्डले बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिनु राज्यप्रति उदासिन भएको बताए ।


सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु, संसद्को पहिलो दल र दोस्रो दल कांग्रेस र एमाले विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरका कारण अप्राकृतिक संसर्गबाट बनेको हो । ’
अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बाल मन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने– ‘यी प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’
उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सह्य नहुने बताए ।

यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशङ्का सरकार आफैले पुष्टि गरेको बताए ।

प्रचण्डले यो सभाको विषयमा भने– ‘हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए । प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिदैं आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए ।

अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरे । उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।
आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर्नु भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg