jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओबादिको भिजनमा टेकेर अन्य दलले हालिमुहाली गर्यो।-: प्रदेश सदस्य ज्वाला

1638341702538-1638341768.jpg

 

मंसिर, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला) ले माओबादी केन्द्र सर्वहारा वर्गको पार्टी भएको बताएका छन । मंगलबार नेकपा माओबादी केन्द्र मनहरी गाँउ कमिटिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

दश वर्ष लामो जनयुद्ध देश र जनताको लागि जनता संगै हातेमालो गरेर लडेको र जनताको सहयोगबाटै माओबादी मुलधारको राजनितिमा उभिएर देश र जनताको पक्षमा काम गरिरहेको बताए । माओबादीको संघर्षबाट अहिलेको ब्यवस्था आएको र पुर्ण रुपमा माओबादीको भिजन अनुसार देश सञ्चालन हुन नसकेको बताए ।

माओबादी केन्द्रको भिजनमा अन्य पार्टीहरुले हालिमुहाली गर्न खोजिरहेको उनको आरोप छ । अन्य पाटीले माओबादीको जस्तो प्रष्ट भिजन नभएकाले कांग्रेस , एमालेहरु माओबादीको जगमा टेकेर खोक्रो राष्ट्रबादी नारा लाइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रदेश सल्लाहकार रामहरी सुवेदी, मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, जिल्ला सचिवालय सदस्य रेखा थापा मगर, जिल्ला समन्वय सदस्य वीर बहादुर घलान, यदुनाथ श्रेष्ठ, सल्लाहकार बुद्धरत्न लामा, प्रेस सेन्टर मकवानपुरका सह-सचिब दिलबहादुर लामा, मनहरी अध्यक्ष जयराम मुक्तान, क्षेत्रीय संयोजक उमेश राई, निर्वाचन मण्डलका प्रमुख मातृका ढुंगाना, नेताहरु अमर रुम्बा, केशब सुबेदी, अशोक शाक्य, बिष्णु कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...