Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

महायज्ञको तयारी तिब्र पारिँदै ,८ बजे बाट कलश यात्रा सुरु

mmmmm-1562131446.png

शम्भु अघिकारी 

थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा यहि असार १९ गते देखि सुरु हुने श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को तयारी तिब्र पारिएको छ । महायज्ञको पहिलो दिन असार १९ गते बिहान ८ बजे बाट कलश यात्राको सुरुवात फाँटबजारबाट पालुङ ,त्रिवेणी धाम ,गोपाली गाउँ ,शिखरकोट हुँदै ओखरबजार हुँदै समारोह स्थल मा आइपुग्ने आयोजक समिति का अध्यक्ष नबराज बिस्टले बताउनु भयो ।  कलश यात्रा पछि औपचारिक कार्यक्रम गरिने भएको छ  । पहिलो दिनको उद्घाटन कार्यक्रममा संघिय संसद बिरोध खतिवडाको प्रमुख आतिथ्यता रहने जनाएको छ । हिजो  मंगलबार यज्ञ स्थलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजक समितिले सो जानकारी दिएको हो ।

मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा हुन लागेको महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन गरी यहि २०७६ साल असार २५ गते सम्म सञ्चालन हुनेछ ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मुल समितिले जनाएको छ ।

महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ । 

महायज्ञ प्रत्येक दिन बिहान ५ बजेबाट शुरु भइ साझ ९ः३० बजे सम्म सन्चालन गरिनेछ । महायज्ञमा करिब १ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।
नवराज बिष्टको अध्यक्षतामा १०१ सदस्यिय समिति बनाएर कार्य गरिरहेको छ । समितिको महासचिवमा मत्स्यनारायण माद्यामिक विद्यालयका प्रधानाध्यापक बिष्णुहरी ढकाल, कोषाध्यक्ष पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्की रहेका छन । 

सप्ताहमा हरिहर धाम प्रतिष्ठानको तर्फबाट धर्मसंस्कृती अनुसार व्यबहारिक ज्ञानको प्रचार–प्रसार गर्दै आमाबुबालाई बृद्धा आश्रममा राख्ने संस्कार हटाउन अभियान स्वरुप विविध प्रस्तुति र राष्ट्रिय कलाकारहरुको विभिन्न झाँकी प्रदर्शनी गरिने प्रतिष्ठान संयोजक राजु ढकालले बताए ।
मत्स्य नारायण मा.वि.को शैक्षिक स्तर उकास्न र ऐतिहाँसिक महत्व बोकेको पाठिभरा मन्दिरलाई पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको महायज्ञ सफल पार्न सबेले सहयोग गरेमा आयोजनाको लक्ष्य प्राप्त गर्ने बाटो खुल्ने भएकाले महायज्ञमा सके सातै र नसके एम दिन भए पनि सहभागि हुनका लागि आयोजकले आग्रह गरेको छ । महायज्ञमा सहभागिताको लागि आयोजक समितिले साबिक दामन र पालुङ गाउँ विकास समितिका सबै घर–घरमा निमन्त्रणा गरिसकेको छ ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...