pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

महायज्ञको आयव्यय सार्वजनिक 

saptaha-thaha-2-1564035023.png


मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को वास्तविक आय र व्यय सार्वजनिक भएको छ । असार १९ गते बाट २५ गते सम्म सञ्चालन भएको महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यको आधा आधिमात्र संकलन भएको छ  । महायज्ञमा नगदी रसिद, कलश बिक्री, दानपात्र र विविधबाट गरी कुल आम्दानी ५७ लाख ८४ हजार ७१ रुपैँया रहेको छ । जसमा नगदी रसिदबाट ५४ लाख ६२ हजार ३ सय ७१ रुपैँया, कलश बिक्रीबाट २ लाख ६४ हजार रुपैँया, दानपात्रबाट ४७ हजार ७ सय रुपैँया र विविधबाट १० हजार रुपैँया संकलन भएको छ ।  
यस्तै व्यय तर्फ २८ लाख १० हजार रुपैँया रहेको छ । जसमा पण्डित, कलाकार र साउण्ड सिस्टममा ९ लाख रुपैँया, टेन्ट तथा पाण्डालमा ६ लाख ५० हजार रुपैँया, वरणी तथा दक्षिणामा ८७ हजार ५ सय रुपैँया, कलश र पुजा सामग्रीमा १ लाख ११ हजार ५ सय ८८ रुपैँया, फ्रेम, रामनामी तथा तोरणमा ३ लाख ५ हजार १ सय ३५ रुपैँया, खाद्य सामग्री, स्टेशनरी तथा फलफुलमा ९० हजार ५ सय ७० रुपैँया, फ्लेक्स, निमन्त्रण कार्ड, पर्चा छपाईमा १ लाख ५९ हजार ५ सय ५० रुपैँया, दोसल्ला र रुद्राक्ष मालामा २ लाख ७१ हजार रुपैँया, यातायातमा ५१ हजार रुपैँया, विद्युत तथा इन्धनमा ४८ हजार रुपैँया, प्रचार प्रसार, विज्ञापन र मिडियामा २५ हजार रुपैँया, बाँस, डोजर र ज्यालामा ५० हजार ९ सय ३४ रुपैँया, खाना, खाजा र आवासमा ३६ हजार १ सय रुपैँया, पञ्चेबाजा, कुशन र झण्डा निर्माणमा १२ हजार ८ सय रुपैँया, स्कोलिङ र इन्टरनेटमा ८ हजार ३ सय ९० रुपैँया र विविध खर्च २ हजार ४ सय ३३ रुपैँयाको खर्च  भएको  आयोजकले जानकारी दिएको छ । 
जस अनुसार ५७ लाख ८४ हजार ७१ रुपैँया आम्दानी र २८ लाख १० हजार रुपैँया खर्च भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले जानकारी दिए । उनका अनुसार काठ, दाउरा, तार लगायतका दानहरु बेच्न बाँकी नै रहेकोले अझै पनि वास्तविक हिसाव आइ नसकेको बताए । वास्तविक हिसाब निकाल्न अझै समय लाग्ने भएकाले उक्त हिसाव आउँदा अहिले सार्वजनिक गरिएको विवरणमा ३५÷ ४० हजारको फरक पर्न सक्ने उनले बताए ।

महायज्ञको समापन भए पनि औपचारिक कार्यक्रम समापन भैनसकेकोले “आफ्नो गाउँ आफै बनाउँ” भन्ने नाराका साथ दान तथा सहयोग गर्न इच्छुकहरु अहिले पनि रहेको र नयाँ दाताहरुको लागि अभियान नै चलाउने योजनमा रहेको उनले बताए । हाल संकलित रकमले लक्ष्य पुरा गरिहाल्न नसकिने भएकाले अभियान चलाउन लागिएको हो । साथै महायज्ञमा प्रमुख अतिथि रहेका राप्रपाका कमल थापा, थाहा नगरपालिकाका नगर प्रमुख लबशेर विष्टले सहयोगका लागि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराइ सहयोग कसरी लिने भन्ने विषयमा पनि समितिमा छलफल भैरहेको समितिका कोषाध्यक्ष कार्कीले बताए ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गरिएको थियो ।
    
बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवन उपयोगी कथा वाचन गरीएको महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद् भागवत कथा प्रवचन, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएकोे थियो ।
 

saptaha-thaha-2-1564035052.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...