pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मन्थली नगरमा गठबन्धन तगडा, एमाले सकसमा
सूर्य सुवेदी 

maobaddi-1650605656.png

 स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो । त्यतिबेला नेकपा एमालेका उमेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याई मन्थली नगरको प्रमुखमा बाजी मारेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद कुमार कार्कीले ५ हजार ३७९ र माओवादीका उमेद्वार तारानारायण श्रेष्ठले ५ हजार ३११ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा राप्रपाले ७११ र नयाँ शक्तिले ६६ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पाएको मतभन्दा कांग्रेसका उमेद्वारले पाएको मतको फरक भनेको जम्मा १ हजार १५० कम मत हो भने एमालेले प्राप्त गरेको मतभन्दा माओवादीले प्राप्त गरेको मतको फरक भनेको १२ सय १८ मत हो । उक्त निर्वाचनमा कांग्रेससँग माओवादीको फरक मत जम्मा ६८ हो । उप प्रमुखमा एमाले उमेद्वार निर्वाचित भएको उक्त निर्वाचनमा मतान्तर भने करिब प्रमुख बराबरको नै छ अहिलेको अवस्थामा ।
मन्थली नगरपालिकामा अहिले २०७४ को भन्दा अवस्था फेरिएको छ । पहिलो कुरा, २०७४ मा एमालेबाट नगरपालिका प्रमुखमा निर्वाचित रमेश कुमार बस्नेत नेकपा एकीकृत (समाजवादी) तिर लागेका छन् । स्थानीय बासिन्दाको अनुमानमा रमेश कुमार बस्नेत समाजवादीतिर लागेपछि कम्तिमा पनि उनले मन्थली नगरको १२ देखि १५ सय मत आफूतिर तान्नेछन् । उक्त मत २०७४ मा एमालेले पाएको मतमा घटाउँदा एमालेको मत ५ हजार ३२९ मा झर्ने छ र यो नगरमा कांग्रेस, एमाले र माओवादीको मत करिब बराबर हुनेछ भने समाजवादीको मत १२ सय हुनेछ ।
अहिले राष्ट्रियरुपमै कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनले मिलेर चुनाव लड्ने तयारीले यहाँ गठबन्धनको मत ११ हजार ८ सय ९० हुनेछ । यो हिसाबले गठबन्धन दलमध्ये जसले टिकट पाए पनि ६ हजार ५६१ मतान्तरले चुनाव जित्नेछन् ।
वडाको अवस्था ः
मन्थली नगरपालिकामा जम्मा १४ वटा वडा रहेका छन् । १४ वटामध्ये माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो । सदरमुकाम रहेको वडा नम्बर १, वडा नम्बर ४, ५ र वडा नम्बर १० र ११ माओवादी केन्द्रको खातामा गएको थियो भने वडा नम्बर ६, ७, ८, १२, १३ एमाले र वडा नम्बर २, ३, ९ कांग्रेसको हातमा गएको वडा हो । वडा नम्बर १४ राप्रपाले जितेको थियो ।
२०७४ मा विभिन्न पार्टीमा खसेको मत र अहिले गठबन्धनमा रहेका दलहरुको मत जोड्दा पाँच वटा वडा बाहेक नौ वटा वडा गठबन्धनले जित्ने प्रष्ट देखिन्छ । वडा नम्बर १ मा गठबन्धनको मत ८९९ छ भने गठबन्धनभन्दा एमाले ४५७ मतले पछि छ । यस्तै वडा नम्बर २ मा गठबन्धनको मत ९३० एमाले ४८८ ले पछि, वडा नम्बर ३ मा गठबन्धन ६७६ मत, एमाले २३४ मतले पछि, वडा नम्बर ४ मा गठबन्धन ८७४, एमाले ४५९ ले पछि, वडा नम्बर ५ मा गठबन्धन ६०५, एमाले २०७ मतले पछि, वडा नम्बर ६ मा गठबन्धन ७४३, एमाले १५१ मतले पछि, वडा नम्बर ७ मा गठबन्धन ६९५, एमाले २ मतले पछि, वडा नम्बर ८मा गठबन्धन ६२७, एमाले २५२ मतले अघि, वडा नम्बर ९मा गठबन्धन ८७७, एमाले ५३० मतले पछि, वडा नम्बर १० मा गठबन्धन ६९७, एमाले ५०९ मतले पछि, वडा नम्बर ११मा गठबन्धन १२०८, एमाले एक हजार १२ मतले पछि, वडा नम्बर १२मा गठबन्धन ४४६, एमाले १६८ मतले अघि, वडा नम्बर १३मा गठबन्धन ५२३, एमाले २११ मतले अघि, वडा नम्बर १४ मा राप्रपाको पक्षमा नतीजा थियो ।
समग्रमा २०७४ को स्थानीय निर्वाचनमा विभिन्न दललाई खसेको मतअनुसार गठबन्धन र एमालेमा विभाजन गर्दा मन्थली नगरपालिका र अधिकांश वडाहरुमा गठबन्धनले स्पष्ट जितको नतिजा ल्याउने देखिन्छ । यो रिपोर्टमा नगर प्रमुखमा समाजवादीतिर गएको मत यहाँ प्रस्तुत गरे पनि वडामा त्यो मतलाई नघटाई एमालेको साविक मत राखेको कारणले वडा नम्बर ३, ८, १२ र १३ मा एमाले बलियो देखिए पनि उक्त मत एमालेको नाममा कायम रहने छैन ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...