Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मनहरीमा माओबादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ गठन

1000038399-1536x646-1695133329.jpg

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले ३ महिने पार्टी शुद्धिकरण अभियान चलाईरहेकोछ । जनतासंग माओबादी विशेष रुपान्तरण अभियान कार्यक्रम अन्तरगत युवाहरुलाई खेलकुद महासंघमा आवद्ध गराईएको हो ।

मनहरी ७ स्थित मनकामना मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा माओबादी केन्द्र जिल्ला समन्वय समिती सचिब भिम पाखृनको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँपालिका स्तरिय खेलकुद महासंघमा सवन प्रजालाई संयोजकमा सर्ब सम्मत चयन गरिएको थियो ।
यस्तैगरी सदस्यहरुमा कृष्ण बहादुर तामाङ,निर्मल थापा,राजकुमार उप्रेती,रन्जन परियार,निशान परियार,प्रबिण स्याङ्तान,दिनेश ब्लोन,निशान घलान,किरण लामा,समीर स्याङ्बो,आदेश छ्युमी,नुपम मुक्तान र प्रदिप थिङ गरि १५ सदस्यीय पालिका स्तरिय अखिल नेपाल खेलकुद महासंघ गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पार्टी जिल्ला समन्वय कमिटी सचिब पाखृनले युवाहरुलाई खेलकुदको माध्यामबाट गोलबद्द गर्ने उद्देश्यले यस्ता कमिटी गठन आवश्यक रहेको बताउदै खेलको माध्यामद्वारा युवाहरुमा भिज्न सकिने बताउनुभयो । अहिले खेलकुदमा धेरैनै अवसर रहेको भन्दै याहाबाट राष्ट्रको लागि खेल्न सक्ने खेलाडिको उत्पादनमा यो महासंघ कोशेढुङ्गा हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ जिल्ला सहसचिव मदन उप्रेतिले स्वागत मन्तव्य राखेका थिए ।यस्तै गरि अखिल नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला ईन्चार्ज माधव कोईराला त्यस्तै वाईसीएल जिल्ला अध्यक्ष नबराज ठकुरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एबम मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान , बागमती प्रदेश पार्टी कमिटी सदस्य एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर , जेष्ठ कम्युनिष्ट मन्च केन्द्रीय सदस्य रामहरी सुबेदी, माओबादी केन्द्र मनहरी गाउँपालिका ईन्चार्ज एबम मनहरी २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन , वाईसीएल नेता तथा मनहरी ५ नम्बर वडाका वडा अध्यक्ष दिपेन्द्र अधिकारी , अखिल नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष भोजराज पराजुली , सचिब ईश्वर छत्कुली र वाईसीएल मनहरी ईन्चार्ज ईश्वर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम माओवादी केन्द्र मनहरीका उपाध्यक्ष दिल बहादुर स्याङ्बो ( शरण ) को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...