Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मनहरीमा गठबन्धन बिजयी अध्यक्षमा कालाखेती,उपाध्यक्षमा पुलामी,(मतपरिणाम सहित)

manahari-gaunpaalika-fina-1652927398.jpg

दिल तामाङ्ग/ मनहरी /पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका रन्जन कालाखेती बिजयी भएका छन् ।


बुधबार साझ गाउँपालिकाको अन्तिम मतपरिणाम आएसंगै कालाखेती ४ हजार ३ सय ९६ मतको फराकिलो मतान्तरले निकटम प्रतिद्वन्दी नेकपा एमालेका एकराज उप्रेतीलाई हराउदै बिजयी भएको हो ।

पालिकाको कुल १९ हजार ५ सय ४ मत खसेकोमा उहाले ९ हजार ३ सय ६६ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सिता पुलामी मगर ‘रेखा’ बिजयी भएका छन् । मगरले ६ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको थियो । प्रतिद्वन्द्वी नेकपा एमालेका सुजिता थिङले ५ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको थियो भने उहाहरु बीच १ हजार ३ सय ३२ मतान्तर रहेको थियो।

पालिकाको वडा नम्बर १, ३, ६, ७, ८ र ९ गरि ६ वटा वडामा नेपाली कांग्रेसले बिजयी गरेको छ भने नेकपा माओवादी केन्द्रले २, ४, ५, नम्बर वडा गरि ३ वटा वडामा बिजयी भएका छन् ।

मनहरी गाउँपालिकामा बिजयी भएका वडा अध्यक्षहरु
१ शिव प्रसाद खनाल – वडा नम्बर १ – नेपाली कांग्रेस
२ राजकुमार पाख्रीन – वडा नम्बर २ – नेकपा माओवादी केन्द्र
३ अनन्त प्रकाश अर्याल – वडा नम्बर ३ – नेपाली कांग्रेस
४ प्रकाश थापा – वडा नम्बर ४ – नेकपा माओवादी केन्द्र
५ दिपेन्द्र अधिकारी – वडा नम्बर ५ – नेकपा माओवादी केन्द्र
६ युवराज थपलिया – वडा नम्बर ६ – नेपाली कांग्रेस
७ ठाकुर तितुङ – वडा नम्बर ७ – नेपाली कांग्रेस
८ नारायण उप्रेती – वडा नम्बर ८ – नेपाली कांग्रेस
९ राजकुमार श्रेष्ठ – वडा नम्बर ९ – नेपाली कांग्रेस
=============================

मनहरी गाउँपालिका : अन्तिम मत परिणाम
कुल मतगणना – १९,५०४
अध्यक्ष/उपाध्यक्ष :
अध्यक्षको मतान्तर = ४३९६
उपाध्यक्षको मतान्तर= १३३२

अध्यक्ष
नेपाली कांग्रेस (गठबन्धन) – ९३६६ बिजयी
नेकपा एमाले – ४९७०
नेकपा एकीकृत समाजवादी – १६१४

उपाध्यक्ष
नेकपा माओवादी केन्द्र (गठबन्धन) – ६४७० बिजयी
नेकपा एमाले – ५१३८
नेकपा एकीकृत समाजवादी – २०९१

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...