jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा सालक दिवस मनाइदै,

FB_IMG_1676432808685-1676432828.jpg

मकवानपुर – “सालक संरक्षणमा समुदायको नेतृत्व“ भन्ने नाराका सहित मकवानपुरमा तीन दिवशीय शालक दिवश मनाईने भएको छ । विश्व सालक दिवश अवसरमा डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, एस.एम.सि.आर.एफ र ग्रीनहुड नेपालको संयुक्त आयोजनामा फागुन ४, ५ र ६ गते बिबिध कार्यक्रम सहित मनाईने भएको हो ।

हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा जिल्ला समन्वय समिति मकवानपुर, यहाँ स्थित बिभिन्न पालिका, बिभिन्न सामुदायिक वनहरू, मध्यवर्ति सामुदायिक वन, फेकोफन, मध्यवर्ती सामुदायिक वन उपभोक्ता महासंग NTNC, WWF, ZSL, IUCN लगायत संरक्षणमा कार्यरत संघसंस्थाको संयुक्त साझेदारीमा मनाउन लागिएको हो ।

दिवशका अवसरमा फाल्गुन ४ गते जिल्ला समन्वय समितिको सभाहलमा हलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, बिज्ञ, संचारकर्मी लगायत सरोकारवालाहरुको सहकार्यमा पेङ्गुइन राउण्ड टेवबल कार्यक्रम आयोजना हुने डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै फाल्गुन ५ गते डिभिजन वन कार्यालय राप्तीको प्राङ्गण मनहरीमा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्री, जिल्ला समन्वय समिति प्रमुखलगायत स्थानीय तहका जनप्रतिनिधि, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितीमा मुल कार्यक्रम गर्नुका साथै सालक संरक्षण सम्बन्धि गीत लोकार्पण हुने छ । स्थानीय समुहद्वारा सालक संरक्षणको लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कबितावाचन, सालक सम्बन्धि फेस पेंटिंग, चेतनामुलक बृतचित्र प्रदर्शन, सालकको मुकुण्डो सहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना हुने उनले बताए ।

यस्तै फाल्गुन ६ गते लामो समय देखि सालक संरक्षणमा भूमिका खेल्दै आएको मकवानपुरको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासंग छलफल कार्यकर्मको आयोजना गरिने आचार्यले बताए । विश्वभरि ८ प्रकारका सालक पाइन्छ । जसमध्ये नेपालमा २ प्रकारका कालो (चाइनिज प्यान्गोलिन) र तामे सालक (इन्डियन प्यान्गोलिन) पाइन्छ । मकवानपुरमा दुवै प्रकारको पाइने बिश्वास गरिएको छ ।

उनका अनुसार मकवानपुरको रानी, चुच्चेखोला लगायत केहि सामुदायिक वनमा सालक संरक्षणका केहि काम भएता पनि अन्यत्र कहाँ के कति छन यकिन तथ्यांक छैन । तर डिभिजन वन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार मकवानपुरका करिव १०० वटा सामुदायिक वनमा यसको दुलो फेला परेको उनले बताए । सालक संरक्षणको लागि जिल्ला स्तरको कार्ययोजना बनाउने तयारी गरिएको र सालकलाई मकवानपुरको गौरबको प्राणि घोषणा गर्ने अभियानमा रहेको समेत उनले बताए । जसका लागि सबै सरोकारवालालाई समन्वय र सहजिकरण गर्न उनले आग्रह समेत गरे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...