pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा सत्ता गठबन्धन दलबिच यसरी हुँदैछ भागबण्डा

gathabandhan-1648974217.jpg

आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरूबीच वडा तहसम्म गठबन्धन गर्ने सहमति भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको ५ दलका जिल्ला नेतृत्वकर्ताको बैठकले केन्द्रको निर्णयलाई अनुसरण गर्दै आगामी निर्वाचनमा १० स्थानीय तहको १०२ वटै तहमा नै गठबन्धन गर्ने सहमति निकालेको हो ।
उक्त सहमति अनुसार ५ दलीय गठबन्धनले वडा तहसम्म उम्मेदवार उठाउनका लागि जिल्ला, पालिका र वडा तहस्तरमा नै बैठक बसेर संयन्त्र तयार पारिने भएको छ ।


त्यस्तै गठबन्धनको सफल कार्यान्वयनका लागि जिल्लामा सभापति बुद्ध लामाको संयोजकत्वमा, नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा एकीकृत समाजवादी श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिंह स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सदस्य रहने गरी सचिवालय स्थापना गर्ने सहमति भएको छ ।
वडा र पालिका तहमा पनि सोही प्रकृतिको सचिवालय निर्माण गरेर गठबन्धनको सफल कार्यान्वयनका लागि अघि बढ्ने सहमति भएको छ ।

यसरी हुँदैछ भागबण्डा
मकवानपुरमा आगामी निर्वाचनका लागि वडा तहमा नै गठबन्धन हुने भएपछि ५ वटै दलले भागबण्डाको लागि आ–आफ्नोतर्फबाट दाबी प्रस्तुत गर्ने तयारीमा रहेका छन् । विगतको निर्वाचनको सफलता, संगठन संरचना, कार्यकर्ताको उपस्थिति र जनमतको आधारमा गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो तर्फबाट भागबण्डाका लागि दाबी पेश गर्ने भएका छन् ।
दलीय हैसियत अनुसार मकवानपुरको १० वटा पालिका र १०२ वटा वडाहरूमा पदीय भागबण्डा गर्ने खाकामा गठबन्धनका दलहरू सहमत भएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।
सबै दलहरुको १०२ वटै वडामा संगठनहरु निर्माण भएकाले त्यसको अवस्था, वडा तहमा हुने पार्टीको कार्यक्रममा कार्यकर्ताहरुको उपस्थिति, संगठित सदस्यको विस्तारको आधारमा भागबण्डा गरिने उनले बताए ।
एकीकृत समाजवादी मकवानपुरमा चौथो शक्तिको रूपमा स्थापित भइसकेको उनको दाबी छ । उनले विगतको निर्वाचनमा गठबन्धनका दलहरूले जितेका पालिकामा जुन दलले जितेका छन् त्यहाँ त्यही दललाई दिने र एमालेले जितेका पालिकामा भने सम्मान जनक रूपमा भागबण्डा हुने उनले बताए ।


उनका अनुसार एकीकृत समाजवादीले मकवानपुरमा विगतको निर्वाचनमा एमालेबाट उम्मेवार भइ जितेका २ जना पालिका अध्यक्षहरुले सनाखत गरेकाले सो पालिका सहित एमालेले जितेका ४ वटा पालिकामा पनि सम्मानजनक भाग खोज्नेछ ।
‘विगतमा काँग्रेसले जितेको स्थानमा पनि अन्य दलको उपस्थिति बलियो भएको अवस्था छ । त्यसको पनि मुल्याङ्कन गर्ने काम हुन्छ । आगामी निर्वाचनको उम्मेदवारी दर्ताको क्रममा संगठनको अवस्था, जनमत र पार्टीका कार्यक्रममा उपस्थित हुने कार्यकर्ताको अधारमा भागबण्डा हुन्छ । विगतमा एमालेबाट जितेका २ जना पालिका अध्यक्ष हामीसँग हुनुहुन्छ । त्यस्तै अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीले पनि २÷२ वटा पालिका जितेका थिए । त्यसलाई कायम राख्दै एमालेले जितेका ४ वटा पालिकाको सम्मानजनक भागबण्डा हुन्छ,’ उनले भने ।
वडा तहमा गठबन्धनबाट उम्मेदवार छान्ने क्रममा वडातहको संगठनको संरचनाका आधारमा भागबण्डा गर्ने योजना रहेको उनले बताए ।
‘वडा तहमा हाम्रो धेरै संख्यामा निर्वाचित अध्यक्ष छैनन् । त्यसो भनिरहँदा हामी कमजोर छौं भन्ने होइन । हामी डोमिनेट भएर बस्नुपर्ने स्थिति पनि छैन । सबै वडाहरूमा हाम्रो संगठन छ । त्यसमा कार्यकर्ताको उपस्थिति पनि राम्रो नै छ । त्यसमा पनि हामी उचित स्थान माग गर्छौँ,’ उनले भने ।

माओवादी केन्द्र र एकीकृत समाजवादी मात्र मिलेमा मात्र पनि ४ वटा पलिकामा सहजै जित्न सकिने दाबी गर्दै उले ठुूलो दलको हैसियतमा रहेको काँग्रेसले पनि उचित स्थान दिनुपर्ने उनले बताए ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...