jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा आज बिहान १० बजेबाट मतगणना सुरुहुदै

2279296895667025348-1669003408.jpg

 हेटौंडा । मकवानपुर जिल्लामा आज बिहान १० बजेबाट मात्र मतगणना सुरु गरिने भएको छ । जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना बिहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । राती अवेर सम्ममा जिल्लाको ३ सय ६४ वटै मतदान केन्द्रहरुबाट मतपेटिका हेटौंडामा रहेको मतगणना स्थल शिद्धार्थ माध्यमिक बिद्यालयमा आइपुगेको छ । आज बिहान ८ बजेका लागि सर्वदलिय बैठक बोलाईको र त्यस बैठकपछी मतगणना सुरु गर्ने तयारी थालिएको उहाँले वताउनुभयो । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतपेटिकाहरु चाङ लगाएर राखिएको छ । बिद्यालयका ८ वटा कोठामा एकैपटक मतगणना सुरु गरिने तयारी भइरहेको उहाँले वताउनुभयो । यरीबिच हिजो भएको मतदानमा पहिलेका चुनावमा जस्तो मकवानपुरका नागरिकमा उत्साह देखिएको छैन । मतदान गर्न आउने मतदाताहरु पनि निकै घटेका छन् । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो । मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् । यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा थिए । मतदान सकिएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनाका लागि मतपेटिकाहरु सदरमुकाम हेटौँडा ल्याउने क्रम जारी छ । मतगणना हेटौँडा–२, स्थित सिदार्थ माविबाट गरिँदैछ । मतगणना स्थलमा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...