Friday, 17 May, 2024
अपडेट

मकवानपुरबाट २०९ किलो गाँजासहित तीन जना पक्राउ

makawanpur-ganja-1626259289.jpg

मकवानपुर हेटौंडाको २ स्थानबाट २०९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान दुई वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २०९ किलो लागु औषध गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा बुधबार विहान १०स् ४५ बजेको समयमा हेटौंडा–१५ रातमाटेबाट बि।आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो लागूऔषध गाँजा बरामद भएको हो । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बारातर्फ जाँदै गरेको उक्त भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको हो । त्यस्तै बुधबार बिहान हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नम्बरको कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगतको सो सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा सो परिमाणमा लागुऔषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । उनकाअनुसार उक्त कन्टेनरका सह–चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर–४ बस्ने बर्ष १९ को दिपक गुरुङलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका उपर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...