pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरको पालिकाहरुमा वृद्धवृद्धाको राष्ट्रिय परिचयपत्र शिविर हुँदै:- थाहामा असार ८ देखि १३ सम्म

DSCN4807-1718122672.JPG

 

 

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष  शिविर सञ्चालन गर्ने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका ९ ओटा पालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा बुधबारदेखि टोली खटाउने भएको हो । 

मकवानपुर जिल्लाको ९ वटा पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि टोली खटाइएको छ, भने हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपांगता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको हो । 

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/२०८२देखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनेको भीड बढेको थियो । 

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन विशेषतः ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुले सास्ती पाएका थिए । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराउन दिनभर लाइन बस्नुपर्दा कष्ट भोगेका थिए ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनको लागि जिल्लाका दुर्गम क्षेत्रका वृद्धवृद्धाहरु लठ्ठीको सहारामा र अपांगता भएका ब्यक्तिहरुले कार्यालय आउँदा निकै कष्ट व्यहोर्नु परेकोले उक्त विवरण दर्ताकोलागि पालिकाको केन्द्रमा नै टोली पठाउन लागेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि २ वटा टोली खटाइएको छ । 

पहिलो टोलीले जेठ ३० गतेदेखि असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा, असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा, असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।

त्यस्तै  दोस्रो टोलीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म वागमती गाउँपालिकामा, असार ४ गतेदेखि ७ गतेसम्म बकैया गाउँपालिकामा, असार ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, असार १४ गतेदेखि १७ गतेसम्म भीमफेदि गाउँपलिकामा, असार १९ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिकामा  विवरण दर्ता गर्नेछन् ।

नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गर्दै जाने सरकारले रणनीति अघि सारेको छ । राष्ट्रिय परिचयपत्रमा उल्लेखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधासहित व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण हेर्न सकिने सफ्टवेयरको परीक्षण भइरहेको छ ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली लागू गर्ने निर्णय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताए ।

हाल देशभर ३८ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । पेन्सनबापत भने बर्सेनी करिब ७७ अर्ब खर्च हुने गरेको परिचयपत्र विभाागले जनाएको छ । परिचयपत्र अनिवार्य गरेपछि एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्ने सफ्टवेयर निर्माण गरिएको छ । 

पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकका लागि पनि परिचयपत्रले सजिलो बनाउने विभागले जनाएको छ ।

कुनै पनि नागरिकले राष्ट्रिय परिचयपत्र साथमा बोकेपछि अन्य परिचयपत्र नचाहिने व्यवस्था गर्न लागिएको महानिर्देशक कट्टेलले बताए ।

व्यक्तिगत जीवनमा आइपर्ने सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्रलाई उपयोग गर्ने गरी रणनीति बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सामाजिक सुरक्षा भत्ताको लाभग्राहीलाई केन्द्रित गरि सञ्चालन गरिएको र अन्य व्यक्तिका हकमा जिल्ला प्रशासन कार्यालयबाट नियमित राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने प्रशासकीय अधिकृत सरोज पौडेलले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...