pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरको चित्लाङ सम्पदा सूचीको मन्दिरबाट पाँच मूर्ति चोरी

mandir-1611045073.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् ।

गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । ‘सदा झैँ हामी बिहान पूजा गर्न जाँदा मूर्ति चोरी भइसकेको रहेछ, हामी शिव लिङ्गको दर्शन गरेर फर्कियौँ’ मन्दिर नजिकै घर भएका विक्रम लामाले भन्नुभयो ।

चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको लामाले जानकारी दिनुभयो । तीन गजुर भएको शिवालय मन्दिर विश्वमै दुर्लभ मानिन्छ । पहिले सुनकै गजुर रहेको भए पनि चोरी भएपछि पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । यो मन्दिर पुरातत्त्व विभागको सम्पदा सूचीमा रहेको छ । स्थानीयवासीले किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण गरेको बताउँछन्

गणेशको मूर्ति चोरी भएको सरावत पौवाको ढुङ्गेधारा पनि ऐतिहासिक महत्त्वको छ । मध्यकालमा काठमाण्डौमा रहेको पशुपति दर्शन गर्न जाने भक्तजनलाई शिवरात्रीमा सर्वत खुवाउने ठाउँ भएकाले ढुङ्गेधारा रहेको पौवाको नाम सरावत पौवा हुन गएको स्थानीय बुद्धिजिवी शान्तलाल नेवाः ले जानकारी दिनुभयो ।

तीर्थयात्री सरावत पौवामा आराम गरेर ढुङ्गेधाराको पानी खाएर हिँड्ने गर्दथे । पहिले तीन गजुर भएको शिवालयको गणेशको मूर्ति लगेर ढुङ्गेधारामा प्रतिस्थापना गरिएको स्थानीयवासीको भनाइ छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...