Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

भुपु सैनिक संघको जिल्ला कार्यालय स्थापना

-शम्भु अधिकारी

नेपाल रास्ट्रीय भु पु सैनिक संघ जिल्ला साखा मकवानपुरको कार्यालय आज एक समारोह बिच उद्द्घाटन गरिएको छ । थाहा नगर पालिकाको स्वामित्वमा रहेको थाहा ३ स्थित घट्टेचौरमा रहेको तरकारी संकलन केन्द्र्को कोठा नगरपालिकाले सैनिक संघलाई आफ्नो कार्यालय स्थापना गर्न लिखित सहमति दिएपछी आज कार्यालयको उद्द्घाटन गरिएको हो । नेपाल रास्ट्रीय भुपु सैनिक संघका केन्द्रिय सभापति तथा प्रमुख अतिथि दिगम्बर समसेर जबरा द्धारा  रिबन काटी आगन्तुक पुस्तिकामा हस्ताक्षर गरि कार्यालयको सुरुवात गर्नु भयो । कार्यक्रममा अतिथिहरु भुपु कर्णेल १०३ बर्षका थाहा चार निबासी गणेश बाहादुर अधिकारी, पालुङ क्याम्पसका प्रमुख रामहरि अधिकारी, बेस क्याम्प पालुङका प्रमुख सेनानी मुरारी मोहन ठाकुर, समाजसेवी ज्योति रायमाझी ,वडा न २ का अध्यक्ष गुप्त कार्की , ५ का अध्यक्ष बिस्णु गुरुङ , पाण्डुकेस्वर छेत्र बिकास समिति का अध्यक्ष जनक हमाल, पालुङ रेडक्रसका केदार बिडारी, दामन रेडक्रसका राजकुमार केसि, भुपु सैनिक संघका केन्द्रिय सचिब केशव बस्नेत, मत्स्यनारायण मा बिका बि. ब्य. स. अध्यक्ष नबराज बिस्ट, इन्द्रायणी भैरब गूठीका अध्यक्ष श्यामभक्त श्रेष्ठ , राजनैतिक दलका प्रतिनिधि, तथा भुपु सैनिक परिवारको बाक्लो उपस्थिति रहेको थियो । भिम बहादुर बिष्टले स्वागत गर्नु भएको कार्यक्रम संघका जिल्ला सभापती कमल कुमार के.सि.को सभापतित्वमा भएको हो। कार्यक्रमको कार्यपत्र पेस गर्दै सभापती केसिले विश्वको तीन सङ्खमुल मध्य थाहानगरको एक पबित्र स्थल त्रीबेणी धाममा निर्माण गर्न लागिएको १०८ धारा ८४ शिबलिङ , दिबा वृद्धश्रम सहितको धार्मिक पर्यटक स्थल निर्माणमा नेपाली सेनाको सहयोगको लागि अपिल गर्दै २०७५ कात्तिक पछि यश छेत्रमा भागवत लगाउने तयारी भैरहेको बताउनुभयो । प्रमुख अतिथि दिगम्बर समसेर जबराले पुर्ब सैनिक सदैब देस र जनताको हितको निम्ति लाग्ने भन्दै सदैव सामाजिक कार्यमा लागिरहने बताउनु भयो । कार्यक्रमको अबसरमा भुपु सैनिक परिवार र समाजसेवीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सैनिक परिवारबाट गजेन्द्र ब. कार्की , खम्बधोज खड्का , शिबकुमारि खत्री , तथा द्धन्द पीडित सैनिक परिवार एशोदा थापा तथा समाजसेवी ज्योति रायमाझी तथा जनक हमाललाई कदर पत्र तथा दोसल्ला ओडायर प्रमुख अतिथीले सम्मान गर्नु भयो । कार्यक्रममा कार्यालय परिसरमा संघको झण्डा पुजाआजा सहित झण्डोत्तलन गरियको छ ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg