jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बिद्युत समस्या समाधानको लागि थाहाका मेयर मन्त्रालय दगुर्दै,

Screenshot_20220730-21192-1659233870.png

उत्तरी मकवानपुरको थाहा नगरपालिका ,ईन्द्रसरोवर गाउँपालिका,कैलाश गाउँपालिका,तथा भिमफेदी गाउँपालिकाको केही क्षेत्रमा बिद्धुत प्राधिकरण पालुङ्ग बितरण केन्द्रले बिद्धुत प्रशारण तथा बितरण गर्दै आइरहेको क्षेत्रमा दिनहुँ जसो बिद्धुत लाइनमा समस्या आइरहेपछी थाहा नगरपालिकाले बिद्धुत समस्या समाधानका लागि उर्जा ,जलश्रोत तथा सिचाइ मन्त्रालयमा गइ समस्या समाधानको लागि पहल गरीदिन आग्रह गरेको छ।
थाहा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिष्णु बिष्ट सहितका टोलि मन्त्रालय पुगि समस्या समाधानको लागि पहल गरीदिन आग्रह गरीयको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठले थाहापाटिलाइ बताउनुभयो।
श्रेष्ठका अनुसार उर्जा मन्त्री पम्फा भुसाल लाई भेटी,थाहा नगरपालिकाको तर्फबाट समस्या समाधानको लागि पत्र दियको तथा बन मन्त्रालयमा अड्कियको प्रशारण लाईन लाई छिटो ल्याउन पहल समेत गरि अड्कियको फाइललाई अगाडि बढाउने काम गरीयको बताउनुभयो साथै मन्त्री भुसालले समस्या समाधानको लागि छिटोभन्दा छिटो पहल हुने बताउनुभयको सहभागी श्रेष्ठले बताउनुभयो।
मन्त्रालयमा पुगि टोलिले मार्खु मातातिर्थ लाईन(मातातिर्थ चखेल खण्ड ) निर्माणकार्य प्रक्रिया तत्काल अगाडि बढाइ उक्त लाईन निर्माण सम्पन्न गरि मार्खु सवस्टेसन संचालनमा लेरायर हाल कायम रहेको एउटै फिडरलाई छुट्टाछुट्टै बनाइ संचालन गर्ने तथा निर्माणाधीन पालुङ सव स्टेशन निर्माण कार्य छिटो सम्पन्न गरेर संचालनको लागि मार्खु पालुङ्ग ३३ केभिए लाइन निर्माण अबिलम्ब गर्नुपर्ने सहितको माग राखी आबश्यक पहल गरिदिन आग्रह गरीएको नगर प्रमुख बिष्णु बिष्टले जानकारी दिनुभयो।
हाल फाखेल मार्खु ३३ केभी लाईन बनिसकेको र मातातिर्थ देखि फाखेल सम्मको लाईनमा बन क्षेत्र पर्ने भएको हुँदा वन क्षेत्रको रुख कटान गर्न आबश्यक प्रक्रिया पुर्याइ मन्त्री परिषदमा लगेर निर्णय हुनासाथ ६ महिना भित्र मातातिर्थ मार्खु ३३ केभी लाइन संचालनमा ल्याउने गरि कार्य भैरहेको मातातिर्थ फाखेल मार्खु ३३ केभिए आयोजना प्रमुख खिलनाथ अर्यालले बताउनुभयो।अर्यालका अनुसार वनको प्रक्रिया पुराहुनासाथ काम अगाडि बढ्ने बताउदै मन्त्री परिषदको निर्णय आउनासाथ काम अगाडि बढ्ने बताउनुभयो।
मन्त्रालयमा निवर्तमान राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी ,थाहा नगर प्रमुख बिष्णु बिष्ट ,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य ईन्द्र बहादुर श्रेष्ठ ,अर्जुन सिंह ठकुरी को सहभागीता रहेको थियो।

 

Screenshot_20220730-21193-1659233964.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...