pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बिदेशमा हुनेहरुकोलागी दशैको टिकाको साइत सार्वजनिक

FB_IMG_1696604792220-1696944298.jpg

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।

 

समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।

कुन देशमा कति बजे लगाउने टीका ?

समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११: 31 मिनेटमा, टेक्सासमा ११: ०३ मिनेटमा, वासिङ्गटन डिसीमा १० : ५३ मिनेट र क्यालिफोर्नियामा १० :३१ मा टीकाको शुभसाइत जुरेको छ ।
यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११:३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ ।

यस्तै समितिले भारत, जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ । जसमध्‍ये भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १०:४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नी ११:१५मा, मेलबर्नमा ११:३५ मिनेटमा, ब्रिसवेनमा १०:२५ मिनेटमा र क्यानबेरामा ११:२१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।

यस्तै न्‍यूजिल्याण्डको वेलिङ्गटनमा ११:२१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११:२३ मिनेटमा, बेलायतको लण्डनमा ११:३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११:२५ मिनेटमा, नर्वेको ओस्लोमा ११:३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११:१५ मिनेटमा, युएईको अबुधाबीमा ११:०५ मिनेटमा, कतारको दोहामा ९:५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १०:३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११:३१ मिनेटमा, इजरायलको तेल अविवमा ९:२५ मिनेटमा, सिंगापुरमा ११:५ मिनेटमा, साउदी अरेबियामा ९:११ मिनेटमा, म्यानमारको याङ्गुनमा १०:३१ मिनेट र स्वीटजरल्याण्डको जेनेभामा ११:५५ मिनेटमा टीकाको शुभ साइत जुराएको छ ।

 

 

 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...