jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बाराही जात्रा नगर्न थाहानगरको आग्रह

186558545_102229642026075-1621157635.jpg


कोरोना कहरका कारण गत वर्ष यस पटक गर्ने गरि स्थगन गरिएको बाराहीको ३ वर्षे जात्रा सकेसम्म नगर्न थाहानगरले आव्हान गरेको छ ।
तिथि अनुसार यो वर्षको जात्रा जेठ १५, १६ र १७ गते पर्दछ । पछिल्लो समय थाहानगरमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरले जात्रा प्रति चासो लिएको हो । आइतबार जात्रा गुठी सम्बन्धित समुदायसङ्ग ६ नम्बर वडा कार्यालयमा बसेको बैठकमा मेयर लवशेर विष्टले कोरोना महामारीमा जात्राले थप संकट निम्तिन सक्ने हुँदा सकेसम्म जात्राका विधिहरु पूरा गरि महामारीबाट बच्न र बचाउन आग्रह गरे । मेयर विष्टले सकेसम्म नगर्न नै आग्रह गर्दै विधि नै पूरा गर्नु पर्ने भएपनि न्युनतम संख्यामा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि प्रस्ताव लिएर आउन आग्रह गरे । बैठकमा सहभागी जात्राका धामीझाँक्री, पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नै पर्ने अडान राखेका छन् । जात्रामा भोग दिन भक्तालुहरुले भाकल गरि पशुपन्छी पालिरहेको चार वर्ष भैसकेकोले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर भएपनि जात्रा गर्नु पर्ने उनीहरुको अडान छ । जात्रामा भोग दिन पालेको राङ्गा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरि नियमित पाल्दै आएका छन् । 
उता, जात्रा नहुदा तान्त्रिक बिधिबाट नचाइने १२ वर्षे नाच समेत प्रभावित हुने स्थानीयको दाबी छ । तर, हरेक दिन संक्रमितको संख्या बढिरहेको प्रति गम्भीर हुन स्थानीयलाई नगरपालिकाले आग्रह गरेको छ । 
शनिबारसम्म थाहानगरमा ४ सय ३ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय जना संक्रमित भैसकेका छन् । वडा नम्बर १ मा ७० को परिक्षणमा ३०, २ मा ६१ जनामा ३०, ३ मा १ सय २ जनामा ७०, ४ मा ५९ जनामा १७ जना संक्रमित भएका छन् । त्यसैगरी, वडा नम्बर ५ मा १८ जनामा १०, ६ मा ५१ जनामा २३, ७ मा २ जनामा १ ८ मा ४ जनामा १, ९ मा १३ जनामा ३, १० मा १० जनामा ५, ११ मा ८ जनामा ७ जना संक्रमित भैसकेका छन् । यी मध्ये १२ जना निको भएका छन् । २ जनाको मृत्यु भैसकेको छभने ६ जनाको थाहानगर बाहिर उपचार भैसकेको छ । हालसम्मको अवस्थामा संक्रमित दर ४९।६२ प्रतिशत छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...