pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बामपन्थी र लोकतान्त्रिक शक्तिहरु वीचको एकताको मात्रै अर्थ रहन्छ : प्रचण्ड

prachanda-palungtar-2-(2)-1668427352.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु वीचको एकताको मात्रै अर्थ रहने बताएका छन् ।

आज गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै प्रचण्डले भने, “सम्झौता र सहमति भन्ने कुरा युद्धरत पक्षहरु वीचमै हुने हो, आमने सामन्ने बसेर लड्नेहरुकै वीच हुने हो, सहमति हुने विमती राख्नेहरुकै वीचमा हो । एउटै मत राख्ने वीचमा हुने सहमति र सम्झौताले देशलाइ निकास दिँदैन । त्यस कारण नेपाली काँग्रेस र वामपन्थीहरुको वीचमा भएको सहमतिले मात्र अर्थ राख्दछ ।” उनले भने । 

माओवादी प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झौतादेखि गठबन्धन सुरु भएको उनको भनाइ छ ।  सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको बताउनुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गरे । उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे ।

उनले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताए । प्रचण्डले भने, ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ,जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । त्यो दश पन्ध्र वर्षसम्म पनि कायम रहन सक्छ ।  यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’

उनले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति,आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरीनै देखिनेगरी काम गर्न आफू गोरखा आएको बताए । उनले फेरी प्रतिगमन माथि नउठाउन गठबन्धन दललाई निर्वाचित गर्न आग्रह गरे ।

हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको,युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए ।

त्यो परिस्थितिलाई शान्तिपूणर् अवस्था ल्याउन विस्तृत शान्ति सम्झौता नगरेको भए देश गम्भीर दुर्घटनामा जाने अवस्था आउने र त्यस्तो परिस्थितिबाट देशलाई शान्तिको युगतर्फ ल्याउन  कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले भूमिका खेलेको बताए । उनले कोइराला शान्तिको नायक रहेको बताउँदै कांग्रेस नेता पौडेलले आफूलाई शान्ति र क्रान्तिका नायक भनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनको रुपमा बुढीगण्डकी जलबिद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।  गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने,यहाँका टारहरुमा सिंचाईको सुविधा पुर्याएर आर्थिक विकास गर्ने,हिमालीय पर्यटनको विकास,जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने,गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने बताए ।

उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपना समेत सुनाए । उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस भन्ने चाहना रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे । उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे ।

उनले युद्धका क्रममा मारिएका कांग्रेसका नेता कार्यकर्ताको नाममा स्मारक बनाउने बारेमा विधेयक अघि बढाइएको उल्लेख गर्दै ओलीले संसद विघटन नगरेको भए सो विधेयक पास भइसक्ने उल्लेख गरे । उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे । उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्न समेत आग्रह गरेका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...