jkmv-english-1784299234.jpg
Sunday, 19 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो

FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा परेको रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ । २८ असारमा उच्चअदालत पाटन, हेटौंडा इजलासका न्यायधीश यमुना भट्टराई र निर्मला शाक्यको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

२३ असारमा गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनासहित ४ जना वडाध्यक्ष र कार्यपालिका सदस्यले गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध उत्प्रेषण परमादेश मुद्दामा रिट दायर गरेका थिए । रिटमा सोमबार न्यायधीश शकुन्तला घिमिरेको एकल इजलासले रिट सुनुवाई गर्दै असार २८ गतेका लागि रिट निवेदक र विपक्षीलाई उपस्थित हुन आदेश दिएको र २८ असारमा यस्तो आदेश जारी भएको हो । अदालतका रजिष्ट्रार केशरनाथ अर्यालका अनुसार अन्तरिम आदेश जारी नहुने भएसँगै अब यो मुद्दाले अग्राधिकार पाउनेछ । मुद्दाको अब साउन १५ गतेभन्दा अगाडि पेशी नतोकिने भएको छ ।

यो फैसलासँगै अब बागमतीको बजेट ल्याउने कुरामा कुनै बाधा नहुने भएको छ । असार १० गतेभित्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याउनु पर्ने थियो । तर, गाउँपालिकाले यो मितिमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको थियो । उपाध्यक्ष तिमल्सिनाले राजश्व परामर्श समितिलाई काम गर्न नदिएको आरोप लगाउँदै रिट दायर गरेका थिए । उपाध्यक्षलाई दिइएको अधिकार प्रयोग गरी उपाध्यक्षले बैठक बोलाउने, छलफल गर्ने, निर्णय गर्ने कुरामा भन्दा आरोप लगाउने कुरामा बढी केन्द्रित भएको स्थानीयबासीले बताएका छन् ।

समितिको आवश्यक सुझाव प्रतिवेदन समेत लिई नीति तथा कार्यक्रम बजेट तर्जुमा गर्नु गराउनु नीति तथा कार्यक्रम सभा बोलाई पुनः पेशगर्नु नीति तथा कार्यक्रम कानुन वमोजिम पारित नभई बजेट तर्जुमा नगर्नु, बजेट तर्जुमा गर्दा समेत स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६५, ६६, ६७ र दफा ७१ बमोजिमको प्रक्रिया पूरा गरेर मात्र वजेट तर्जुमा गरी सभासमक्ष पेशगर्नु भनी विपक्षीको नाममा प्रभावकारी पर मादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनेर निबेदनमा माग गरिएको थियो ।

विपक्षीहरुको गैर संवैधानिक र गैरकानुनी हर्कतलाई तत्काल अन्तरिम आदेश जारी गरी नरोक्ने हो भने कानुन विपरितको कार्यले प्रश्रय पाउने, गैरकानुनी कार्य हुनजाने, कानुनवमोजिमको कार्य गर्नवाट हामी निवेदक वन्चित हुनुपर्ने भएकोले र सुविधा सन्तुलनको दृष्टिकोणले समेत हामी निवेदकलाई अपुरणीय क्षति हुने हुँदा प्रस्तुत रिटनिवेदनको अन्तिम टुड्डो नलागेसम्म मिति २०८१/३/१० मा विपक्षी कार्यपालिकाको गाउँसभावाट पारित गरेको भनिएको नीति तथा कार्यक्रम कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा नीति कार्यक्रमको आधारमा वजेट तर्जुमा नगर्नु नगराउनु वजेट पेश नगर्नु नगराउनु भनी विपक्षीको नाममा उच्चअदालत नियमावली २०७३ को नियम ४२(१) वमोजिम अन्तरिम आदेश समेत जारी गरी पाउँ भनि माग गरिएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...