jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बन्जरालाई फसाउन खोजेको तथ्य फेलापर्दा समेत पत्रकार महासंघ मौन!

img_1682517757952_1-1682517810.jpg

मकवानपुरका पत्रकार रमेश बन्जरालाई सुनोयोजित रुपमा फसाउने कार्य हुँदा पनि जिल्लामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भने मौन देखियको छ।
पत्रकार बन्जरालाई झुठो मुद्दामा फसाउन खोजियको भन्दै विभिन्न संचार माध्यममा प्रमाण सहित समाचार प्रकाशित भएपनी महासंघले भने एउटा विज्ञप्ति समेत ननिकाल्दा जिल्लाका पत्रकार हरु अचम्ममा परेका छन।
बन्जराको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने आज एक बिज्ञप्ति निकाल्दै ध्यानाकर्षण समेत गरायको छ।
गत ३० चैतमा बन्जाराले आफुलाई जबर्जस्तीकरणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् । उजुरी परेपछी बन्जरालाई प्रहरीले हिरासतमा राखेको छ प्रहरीले अनुसन्धान गर्नका लागि दोस्रो पटक अदालतबाट म्याद थप गरेको छ ।
तर पत्रकार बन्जारालाई अपरिचित महिलालाई अन्य केही व्यक्तिले प्रयोग गरेर झुठो आरोपमा फसाउन लागेको तथ्य फेला परेको छ। 

रास्वपाले समाचार लेखेको भरमा पत्रकार लाई झुठो मुद्दामा फसाउन खोज्नु गलत भएको बताउदै सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न माग गरियको छ।

हेर्नुस ध्यानाकर्षण पत्र

 

 

कथा सुरु हुन्छ २० चैत २०७९ सोमबार  अर्थात अंग्रेजी २०२३-४-०३ तारिखदेखि

मिति-२०७९-१२-२० गते

समय बिहान ११ बजे

बिहान ११ बजे पहिलो पटक नयाँ नम्बरबाट रमेश बन्जाराको मोबाइलमा फोन आउछ फोन उठ्दैन ।

सोहि नम्बरबाट साझ ६ बजेर २० मिनेटमा पुनः फोन आउछ । त्यतिबेला बन्जारा हेटौंडाका केहि पत्रकारसंग चितवनको सौराहामा हुन्छन् व्यवसायिक कामको छलफलका लागि पुगेको पत्रकारको टोलीबीच बन्जाराले फोन उठाउछन् । उताबाट एक महिलाले आफु समस्यामा परेको र सहयोग गरिदिन आग्रह गर्छीन् भेटेर कुरा गर्नुछ भन्छिन् । आफु बाहिर भएको पछी कुरा गर्ने बताउदै बन्जराले १ मिनेट बोलेर फोन राख्छन् ।

भोलिपल्ट मंगलबार २१ चैतमा पुनः फोन आउछ । बिहान ९ बजेर ५ मिनेटमा बन्जाराको फोन उठ्दैन । पुनः ९ बजेर १० मिनेटमा फोन आउछ फोन उठ्दैन । फेरी १ घण्टा पछी १० बजेर १ मिनेट जाँदा फोन आउछ । बन्जारासहित अघिल्लो दिन चितवन गएको टोलि हेटौंडा फर्कदै हुन्छ । फोन उठेपछी अघिल्लो दिनको जस्तै आफु समस्यामा परेको, आफ्नो घर कैलाश गाउँपालिका भएको र प्रहरीले गाँजा लुट्ने, दुखदिने गरेकाले सहयोग गर्न ति महिलाले आग्रह गर्छीन । बन्जराले आफुहरु चितवनबाट हेटौंडा फर्कदै गरेको बताएपछि मनहरीमा ति महिलासंग भेट्ने कुरा हुन्छ । फोनमा ति महिलाले सिट खालि भए आफुपनि हेटौंडा जाने काम छ भन्दै हेटौंडा सम्म गाडीमा छाडिदिन आग्रह गर्छिन् । गाडीमा सिट छैन भनेपछी मनहरीमा भेट्ने सहमति हुन्छ । ठिक १२ बजे बन्जाराले ति महिलालाई फोन गर्छन् । मनहरीको इलाका प्रहरी कार्यालयको पूर्वपट्टीको चौतारामा १२ बजेर १३ मिनेट जाँदा पत्रकार टोलि र ति महिलाको भेट हुन्छ ।

२१ गते मनहरी स्थित इलाका प्रहरी कार्यालय नजिक महिला संग कुराकानी गर्दैगर्दा- साथमा पत्रकार बन्जारा र साथीहरू 

भेटमा आफु समस्यामा परेकाले सहयोग गरिदिनु पर्ने आग्रह गर्छिन् । प्रहरीले हामीले लगाएको गाँजा लुट्ने गरेको छ, दुख दिन्छ पैसा दिनेलाई केहि गर्दैन, नदिनेलाई दुख दिन्छ, हामी गरिव मान्छे सरहरूले सहयोग गर्दिनुपर्यो भन्दै दुख विसाउछिन् । पत्रकार टोलीमध्य एकले सोध्छन् तपाइले भिडिओ बनाउनुभाको छ ? के छ प्रमाण ? उनले छैन भन्छिन् । पुनः पत्रकारले सोध्छन् फोटो छ तपाइको घर भित्र छिरेको ? कोहि संग त् होलानी ? उनि अकमकाउन थाल्छिन् । उनि अकमकाउन थालेपछी टोलि उनलाई पछी बुझेर खबर गर्ने भन्दै हेटौंडा लाग्छ ।

मिति २०७९-१२-३० गते बिहिबार

समय- दिउसो ११ बजेर ३ मिनेटमा महिलाको नम्बरबाट पहिलो फोन ३२ सेकेन्ड कुराकानी ।

पुनः १:३१ बजे महिलाको फोन ३४ सेकेन्ड कुराकानी ।

फेरी १:५४ मा फोन आएपछी बन्जाराले फोन काट्छन् ।

२ बजेर ६ मिनेटमा बन्जाराले ति महिलालाई फोन फ़र्काउछन्, । ति महिलाले म हेटौंडा आएको छु, भेटौंन, मेरा केहि समस्या छन् सहयोग गर्नुपर्यो भन्दै भेट्न आग्रह गर्छिन् ।

त्यतिबेला बन्जारा हेटौंडा-४ पारिजातपथ स्थित पोखरेल चिया पसलमा पत्रकार साथीहरुसंग बसिरहेका हुन्छन् । महिलाले भेट्न आग्रह गरेपछी उनलाई भेट्न स्कुटर लिएर हेटौंडा-१० बसपार्क पुग्छन् ।

२ बजेर ९ मिनेटमा ति महिलालाई बसपार्क पुगेर फोन गर्छन् । भेट भएपछी आन्तरिक राजस्व कार्यालय अगाडीबाट जिल्ला प्रहरी कार्यालय हुँदै ति महिला र बन्जारा हेटौंडा मोडेल अस्पताल संगै रहेको कफी हाउसमा छिर्छन् । २ बजेर १५ मिनेट जाँदा त्यहाँ पुगेका उनीहरु २ बजेर ४५ मिनेटमा निस्कन्छन् ।

बन्जारा र ति महिला आधाघण्टा चिसो खाएर बस्छन् । बन्जाराका अनुसार भेटमा उनले आफ्नो बैनीको सम्बन्ध बिच्छेदको मुद्दा मिलाइदिन सहयोग माग्छिन् र उनको पुरानो समस्या प्रहरीले दुख दिने गरेकोबारे पनि पुनः दुख विसाउछिन् । उनको कुरा सुनेपछी बन्जराले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउछन् र प्रमाण, कागजातहरु सबै जुटाएर पुनः भेट्न आग्रह गर्दै उनलाई बिदा गर्छन्  ।

बन्जाराले ति महिलालाई आफ्नै स्कुटरमा राखेर २ बजेर ४६ मिनेटमा जिल्ला हुलाक कार्यालय अगाडीको मकवानपुर साझा यातायातको स्टेसनमा पुर्याउछन् । साझा बस छुटेर अलिक पर पुगेकाले चाइना गेट सम्म स्कुटर हुइक्याएर् लान्छन् तर बस छुट्छ र बन्जराले स्कुटर मोडछन् पुनः हुलाक अगाडी साझा यातायातको स्टेसनमा ति महिलालाई उतार्छन् र राप्ती रोड,बुद्धचोक हुदै पुनः पोखरेल चिया पसलमा पुग्छन् ।

२ बजेर ५१ मिनेटमा चिया पसलमा पुगेपछी १ घण्टा १० मिनेट चिया पसलमै बस्छन् । बर्षको अन्तिम दिन भएकाले बैंकको ब्याज र किस्ताको तनाबमा रहेका साथीहरु संग भेट हुन्छ फोनमा कुराकानी हुन्छ ।

ठिक ४ बज्छ । बन्जरा ओम भवन अगाडी गुटका किन्न जान्छन् । साथीहरु छुटिन्छन् । उनले गुटका किनेपछि ४ बजेर ५ मिनेट जाँदा बन्जारा र उनको साथिको रातो मोटरसाइकल चड्छन् । सितलमहल हुँदै, भैरव रोड हुँदै कमाने स्थित घर पुग्छन् ।

५ बजेर १ मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलबाट फोन आउछ तपाईविरुद्ध उजुरी परेको छ छलफलका लागि आउनुहोला……….

प्रहरीका अनुसार ति महिलाले आफुलाई ४ सोहीदिन अपरान्ह ४ बजे राप्ती खोलाको शवदाह स्थान भन्दा अलिक पर कासघारीमा लगेर जबर्जस्ती करणी गरेको आरोपसहित उजुरी दिएकी छन् । गाडी चडाइदिने बाहानामा आफुलाई झाडीमा लगेको र जबर्जस्ती गरेको उनको जाहेरीमा उल्लेख छ । प्रहरीका अनुसार उनले ४ बजेर ५६ मिनेट जाँदा उजुरी दिन आएकी थिईन् ।

महिलाको नमिलेको जाहेरी/ फसाउने प्रयास

पत्रकार बन्जारा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ । तर प्रहरीले अनुसन्धानका नाममा तथ्य र प्रमाण फेला पर्दासमेत गतिलो अनुसन्धान नगरेको पाइएको छ ।

ति महिलाले बन्जाराले गाडी चडाउने बाहानामा राप्ती खोला तिर लगेको भन्ने आरोप लगाएकी छिन् । जबकी २ बजेर ४८ मिनेटमा ति महिलालाई छाडेर बन्जारा एक्लै स्कुटरमा फर्केको सिसिटिभीमा प्रस्ट देखिन्छ ।

२ बजेर ५२ मिनेटदेखि बन्जारा पारिजातपथमा छन् । ति महिलालाई ४ बजे बलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख छ । उक्त समयमा बन्जारा ओम भवन अगाडी गुटका किनिरहेका देखिन्छन् ।

त्यसपछि बन्जारा र उनका साथि रविन्द्र गौतम संगै कमाने गएको सिसिटिभीमा प्रस्टै देखिन्छ ।

आश्चर्यको कुरा के भेटिएको छ भने महिलाले आफुलाई ४ बजे शब्दाह स्थल भन्दा केहीपर घटना भएको भनिरहदा ४ बजेर ७ मिनेटमा उक्त स्थानमा उजुरी दिने महिला एक बुलेट बाइक चडेर आइरहेको सिसिटिभीमा देखिएको छ । ३ जना सवार बुलेट मोटरसाइकलमा ति महिला पछाडी बसेकी छन् । उक्त स्थानमा उनि संगै २ जना व्यक्ति देखिएका छन् । डम्पिङ साइड हुँदै बुलेट शबदाह स्थल भन्दा थोरै अगाडीसम्म आउछ । ४ बजेर ८ मिनेटमा त्यहाँ आइपुग्दा साढे ३ मिनेट तिनै जना गफ गरेको जस्तो देखिन्छ । ४ बजेर ११ मिनेटपछी बुलेट फर्किन्छ । ति महिला फोन लगाए जस्तो गर्दै, फोनमा कुरा गर्दै राप्ति पुल अघि निस्किएर राप्ती रोड हुँदै माथि आउछीन् ।

र एकछिन् पछी ति महिलाले जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिन्छिन् ।

पत्रकार बन्जारालाई फसाउन केहि व्यक्तिले महिलालाई प्रयोग गरेको हुन सक्ने यो सिसिटिभीको फुटेजले स्पस्ट देखाएको छ । राजनीतिक दलको आडमा केहि नेता र तिनका कार्यकर्ताले सुनुयोजित ढंगले फसाउन खोजेको बन्जाराको परिवारको आरोप छ । प्रहरीले अनुसन्धान गरिरहेको बताएपनि सिसिटिभी फुटेजमा महिला संग देखिएका व्यक्तिमाथि प्रहरीले अनुसन्धान गर्न सकेको छैन । प्रहरीले बन्जाराको बयान लिएको छ भने सिसिटिभी फुटेज संकलन भएको जनाएको छ । हेटौंडा खवर

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...