pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बज्रवाराहीको एम्बुलेन्स र चित्लाङको दुइवटा गाडी चन्द्रागिरीमा लुटिए, लुटपाटमा संलग्नहरुविरुद्ध प्रहरीमा मुद्धा दर्ता

pacifik-ambulance-1589360773.jpg

थाहा नगरपालिका–६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाले संचालन गर्दै आएको एम्बुलेन्स विरामी बोकिरहेकै अवस्थामा लुटपाटमा परेको छ । संस्थाद्वारा संचालित  प्रदेश ३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्स मंगलबार राती सबा एघार बजे चन्द्रागिरीको सेतो पहराभन्ने स्थानमा लुटपाटमा परेको सहकारी संस्थाका सचिब सुविनभक्त श्रेष्ठले जानकारी दिए । 

लुटपाटमा संलग्न समूहले काठमाण्डौंबाट विरामी लिएर आइरहेको एम्बुलेन्सलाई जंगलको बाटोमा रोकेर ३ वटा मोबाइल र १८ हजार रुपियाँ नगद लुटेको श्रेष्ठले बताए । 

एम्बुलेन्स राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका थाहा–१० न्हुलगाउँका बिरामी लिएर आउँदै थियो । एक जना विरामी र दुई जना कुरुवासमेत लिएर आउँदै गरेको एम्बुलेन्स रोकेर हातपात गर्नुका साथै हतियारको डर देखाएर लुटपाट गरेको एम्बुलेन्स चालक ईश्वर महर्जनले जानकारी दिए । 

मंगलबार राती नै सोही स्थानमा काठमाण्डौं तरकारी पु¥याएर फर्केको गाडी र राँगो पु¥याएर फर्केको गाडी पनि लुटपाटमा परेको छ । राँगा र तरकारी बेचेको नगदका साथै सुनको सिक्री र मोवाइलसमेत लुटिएको पीडितले बताए । लुटपाटमा पर्ने दुबै गाडी चित्लाङ आउँदै थिए ।

एम्बलेन्स लुटपाटमा परेपछि प्यासिफिक बचत तथा ऋण सहकारीले थानकोट प्रहरीमा मुद्धा दर्ता गराएको छ । लुटपाटमा संलग्नहरू मध्ये तीन जनालाई  इलाका प्रहरी कार्यालय(ख) चित्लाङले पक्राउ गरेर थानकोट पठाएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत थानकोटमा रखिएको छ । थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...