pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बज्रबाराही जात्राको पूजामा १५ जना बढि सहभागी नहुनु: प्रजिअ

उत्तरी मकवानपुरको प्रख्यात ३ वर्षे बाराही जात्राको पूजामा बढिमा १५ जना मात्र सहभागी भई सम्पन्न गर्न अनुरोध गरिएको छ । बज्रबाराही गुठी व्यवस्थापन समितिले यस पटकको जात्रा कोरोनाका कारण पूजा मात्र गरि सम्पन्न गर्ने यश अघि गरेको निर्णयको स्वागत गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अत्यावश्यक व्यक्तिहरुमध्ये पनि १५ जनासम्म मात्र सहभागी हुन अनुरोध गरेका हुन् । यो वर्षको जात्रा तिथि अनुसार जेठ १५, १६ र १७ गते परेको छ ।

सोमबार बज्रबाराहीमा भएको संयुक्त बैठकले जात्रामा सहभागी हुनेहरुको पनि २ दिन अगाडि नै एन्टिजेन परिक्षण गरि नेगेटिभ रिपोर्ट आउनेहरु मात्र सहभागी हुने सहमति भएको छ । एन्टिजेन नेगेटिभ आएकाहरु मात्रको सहभागितामा जेठ १५ गते नै पूजा मात्र गरेर जात्रा सम्पन्न गर्ने पनि सहमति भएको छ ।

सोमबारको निर्णय कार्यान्वयन गर्न र सोको व्यवस्थापनका लागि पर्याप्त प्रहरी परिचालन गरिने मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमिन्द्र राठोरले बताए । थाहा नगरका प्रमुख लवशेर विष्टले कोरोनाको जोखिम निक्कै बढेको हुँदा संयमित भै परम्परा जोगाउन आवश्यक रहेको बताए ।

वडाध्यक्ष शशीधर सुबेदीले बिगतको वर्षामा पनि आवश्यक सहयोग गरेको स्मरण गराउदै यो वर्ष चाहेर पनि जात्रा भव्य रुपमा गर्न नसकेको कुरा सबै भक्तालुले बुझ्ने अपेक्षा गरेको बताए ।

बैठकमा गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले सरकारको निर्णय उलंघन गर्न खोजेको नभई रोग संक्रमणबाट बच्दै परम्परा जोगाउन बाध्य भएको बताए ।

बैठकमा जात्राका पुजारीले भाकल गरि राखेको बली पुजा सोही दिन नगरेर पछि वडा कार्यालयसङ्ग समन्वय गरेर गर्न सकिने तर्फ भक्तालुहरुको ध्यानाकर्षण गराएका छन् ।

बज्रबाराहीमा प्रत्येक ३ वर्षमा हुँदै आएको बाराहीको जात्रा गत वर्ष पनि कोरोना संक्रमको जोखिम र निषेधाज्ञाका कारण स्थगन गरेको थियो । सामान्य अवस्थामा दैनिक बीसौं हजार भक्तालुको सहभागिता रहने जात्रा यो वर्ष भने पूजा मै सीमित गरि अब एकै चोटि २०८० सालमा गर्ने समितिले निर्णय गरिसकेको छ । गुठीको नाममा रहेको २ सय ४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी संचालन हुँदै आएको थियो । नेपालमा मानिने तीन जिवित देवताहरुमध्ये बज्रबाराही जात्राका धामी एक रहेको समितिमा अध्यक्ष श्रेष्ठले बताए ।

उता, नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको आइतबार बसेको बैठकले जेठ १२ गते विहानदेखि १५ गते रातिसम्म औषधि पसल र तरकारी उत्पादन बाहेकका सबै व्यवसाय, यातायात पूर्णरुपले बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थोयो । सिफारिसअनुसारको निर्णय मङ्गलबारसम्म आइसक्ने नगरपालिकाले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...